News Portal

भरतपुरका उम्मेदवार पौडेलसहित प्रस्तावक र समर्थक स्वत: पार्टीबाट निस्कासित

हिमालीसंचार संवाददाता
२२९ पटक

काठमाडौं – नेपाली कांग्रेसले शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता नलिएका विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थक स्वत पार्टीबाट निस्कासन गरेको छ।

भरतपुर उपमहानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसहित नेताहरू नेपाली कांग्रेसको निर्णयअनुसार स्वत निस्कासनमा परेका छन्। नेपाली कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आजै विज्ञप्ति निकालेर बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन भनेका थिए।

कांग्रेसले विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निस्कासन गर्ने निर्णय गरेको छ । ‘स्थानीय तहको निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवारका विरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे/गराएको भए आज अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नु हुन निर्देशानुसार अनुरोध गरिन्छ। 

उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ,’ मुख्यसचिव पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार र त्यसअघि शेखर कोइरालाले बागी उम्मेदवारलाई पार्टी मुलप्रवाहमा आउन अपिल समेत गरेका थिए।

भरतपुरको सन्दर्भमा उम्मेदवार बन्न पूर्व सभापति कृष्णलाल सापकोटाले प्रस्ताव र महासमिति सदस्य मिना खरेलले समर्थन गरेका थिए। भरतपुर महानगरको मेयर पद माओवादी केन्द्रलाई दिने निर्णय गठबन्धनमा भएपछि जिल्लाका नेता कार्यकर्ताहरुले विरोध गर्दै आएका थिए । गठबन्धनबाट माओवादीकी रेनु दाहाल भरतपुरको मेयरको उम्मेदवार बनेकी छन्। उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २३ गतेको राशिफल

आज चैत २३, २०८२ ( अप्रिल ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...