News Portal

प्रचण्डको फोनपछि उम्मेदवारी फिर्ता लिन तयार भए अमानसिंह तामाङ

हिमालीसंचार संवाददाता
४९९ पटक

काठमाडौँ। चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अमानसिंह तामाङले उम्मेदवारी फिर्ता लिने भएका छन्।

तामाङ ०७४ को निर्वाचनमा सोही नगरका प्रमुखमा निर्वाचित भएका थिए। आसन्न स्थानिय तहको निर्वाचनमा पनि प्रमुख पदमा उनलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका थिए।

उम्मेदवारी फिर्ता लिनका लागि तामाङलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोन गरेका थिए। प्रचण्डको फोनपछि आफू उम्मेदवारी फिर्ता लिनका लागि तयार भएको तामाङले बताए।

‘पार्टी अध्यक्षले उम्मेदवारी फिर्ता लिनपर्यो भनेर फोन गर्नुभएको थियो,’ उनले भने, ‘उचित जिम्मेवारीका साथ अघि बढाउने कुरा गर्नुभएको थियो। मेयर वा पद नै ठूलो कुरा होइन, पार्टी ठूलो कुरा हो भन्नुभयो। पार्टी जोगाउने गरी उम्मेदवारी फिर्ता लिने सहमति भएको छ।’

पार्टीको अभिभावक नै प्रचण्ड भएकाले उनले भनेपछि आफू मान्न तयार भएको तामाङको भनाई छ। ‘प्रचण्ड भनेको पार्टीको अभिभावक हो,’ तमाङले भने, ‘अभिभावकले भनेको मानेन भने अराजकता पनि हुन्छ।’

यसअघि ०७४ को निर्वाचनमा पनि सुरुमा पार्टीले टिकट नदिने संकेत देखाएपछि तामाङले ‘बागी’ उम्मेदवारी दिने बताएका थिए। अन्तसम्म अडान कायम राखेपछि त्यतिबेला पनि तामाङलाई प्रचण्डले फोन नै गरेर फकाउने प्रयास गरेका थिए।

त्यतिबेला तामाङसँग चौतारा साँगाचोकगढीको प्रमुखमा अहिलेका बागमती प्रदेशसभा सदस्य युवराज दुलाल पनि आकांक्षी थिए। प्रचण्ड परिवारसँग नजिक मानिने दुलाललाई अन्तिममा ब्याक हटाएर पार्टीले तामाङलाई टिकट दिएको थियो।

अहिले चौतारा साँगाचोकगढीको प्रमुखमा माओवादीले कृष्ण प्रसाद सापकोटा ‘देशबन्धु’लाई उम्मेदवार बनाएको छ।

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...