News Portal

खनियाबास गाऊँपालिकाकाे गठबन्धन धमिलो पानीमा माछा मार्ने जस्तो भयो

हिमालीसंचार संवाददाता
३०९ पटक

धादिङ – बैसाख ११ गते ३ दलीय प्रतिनिधि कांग्रेस गाऊँ कार्यसमितीबाट सभापति मरिचमान तामाङ नेकपा माओबादी केन्द्रबाट पालिका इंचार्ज सेकेमान तामाङ र नेकपा (एकीकृत समाजबादी) बाट प्रदीप फ्यूवाकाे उपस्थितिमा व्यापक छलफल भएको थियो।

धादिङबेशीको क्रिक रिसोर्टमा वार्ता छलफलमा बसियाे। खनियाबास गाऊँपालिकामा अध्यक्ष उपाध्यक्ष ५ वडा अध्यक्ष र २ कार्यपालिका सदस्य भागवण्डा गर्नुपर्ने अवस्था थियो।

नेपाली कांग्रेसले खनियाबासमा यो भन्दा अगाडीको स्थानीय निर्वाचनमा बहुमतका साथ बिजय प्राप्त भएको हुनाले कांग्रेसले पालिका अध्यक्ष पाउने कुरा त गठबंधनको मापदण्डमै छ।
उपाअध्यक्ष नेकपा (एकीकृत समाजबादी) ले पाउने चर्चा थियो।
तर स्थानीय तहमा नेकपा (एकीकृत समाजबादी) ले दावाका साथ दाबी गरेन। किनकी हाम्रो कारणले गठबन्धन नभटकियोस भनेर हाम्रो अासय थियाे।

वडा नम्बर ४ नेकपा ( एकीकृत समाजबादी) को पहिलो प्राथमिकताको दाबी थियो।किनकी पहिले हामिले जीतेको वडा स्वभाबिक रूपमै गठबन्धनको मापदण्डलेनै पाउनु पर्ने भनेर दिईयाे।तर कांग्रेसले यो वडा कुनै पनि हालतमा नछोड़ने कुरा आयो र कांग्रेसमा सकेसम्म सिंगल चुनाव लड्नपाए हुने भन्ने मनसाय देखियो। त्यसैले सेकेमानलाई माओवादी केन्द्र र नेकपा ( एकीकृत समाजबादी) मिलौ झण्डा पनि मिल्ने, उदेश्य र गंतव्य पनि मिल्ने जनताकोमा जान पनी सजिलो हुने भनेर प्रस्ताव राखे पछि उहाले ओके भएर ढुक्क थिए।

माओवादी केन्द्रलाई पालिका अध्यक्ष र वडा नम्बर १,२ नेकपा (एकीकृत समाजबादी) लाई पालिका उपाध्यक्ष र वडा नम्बर ३,४,५ मा मोटामोटी मौखिक सम्झौता भयो।

केंद्रीय गठबन्धनलाई मध्यनजर गर्दै पहिलो प्राथमिकता अनुसार एकचोटी कांग्रेससँग वार्तामा बसेर न्यायोचित र आत्मासम्मान ढंगले सम्झौता भएन भने मित्रवत् तवरले चुनावमा जाने र हामी हाम्रो ड्राफ़्ट तयार गरेर अगाडि बढने कुरा भयाे।

धादिङको १३ वटा स्थानीय पालिका अध्यक्ष र उपाध्यक्षको लिस्ट तयार भयाे।
खनियाबासमा अध्यक्ष कांग्रेस र उपाध्यक्षमा माओबादी केन्द्र छ। माओवादी केन्द्र खनियाबास गाउँ सङ्गठन कमिटीको अध्यक्ष लाल बहादुर तामाङलाई सोधे र उहाँले लाउड स्पीकर फोन गर्दा सेक्केमानले हामी सेफ भैहाले।अब किन वार्ता गरिरहनु भने, मलाई सालिकराम दाइले भागीहाल भने त्यसपछी मैले दिलमान पाख्रीनलाई कुरा राखें सकेसम्म खनियाबासमा गठबन्धन तपाईले नै हस्तक्षेप गरेर भए पनी गरी दिनुहोस ताकी यो गठबन्धनको क्रेडिड तपाईले मंसिरमा हुने प्रतिनिधि सभाको चुनावमा पाउनु हुनेछ भनेर भन्दा उहाँले मिलाउछु भन्दा भन्दै क्लीयर डिजिसन दिनु भएन उहाँले मरिचमानसंग कोअप गर्नु भन्नु भयाे।

नेकपा ( एकीकृत समाजबादी ) मोटामोटी खनियाबासको गठबन्धनबाट बाईपास भएको महसूस गरे। उम्मीदवारीको डकूमेंट फिर्ता गरे।उहाले आफ्नो उम्मेदवारी नेकपा (एकीकृत समाजबादी) बाट पालिका उपाध्यक्षमा दर्ता गर्नु भयो।
गठबन्धनको अाशले धेरै कुराहरु बंधनमा पारियो ।राजनीति यस्तै भएर फ़ोहोरी खेल भनेको रहेछ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...