News Portal

सभापति देउवाको बागी उम्मेदवारी फिर्ता लिन विशेष अपिल!

हिमालीसंचार संवाददाता
२९८ पटक

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका क्रममा देशभर पार्टी र गठबन्धनका उम्मेदवारविरुद्व स्वतन्त्र उम्मेदवारी दिएका नेता कार्यकर्तालाई आफ्नो उम्मेदवारी फिर्ता लिन सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

सभापति देउवाले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी उम्मेदवारी फिर्ता लिएर पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका हुन् ।

सभापति देउवाले ‘एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थितिप्रति म जानकार छु। तर पार्टीको विजयका लागि ‘साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी’ भन्ने उच्चतम भावना राख्न आग्रह गर्दछु,’ देउवाले बिहीबार सार्वजनिक अपिल जारी गर्दै भनेका छन्, ‘पार्टीको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु।’ 

प्रधानमन्त्री देउवाले विज्ञप्तिमा अहिलेको पाँच दलीय गठबन्धन संविधान विरोधी तथा लोकतन्त्र विरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारहरूलाई नेतृत्वमा निर्वाचित गर्ने गरी बनेको समेत स्मरण गराएका छन् ।

देउवाले भनेका छन्, ‘स्थानीय तहसम्म नै लोकतन्त्रका आधार स्तम्भहरूलाई मजवुद बनाउनु आजको सर्वाधिक आवश्यकता हो,’ ‘पाँच दलीय गठवन्धनको अपरिहार्यतालाई आत्मसात गर्दै, कांग्रेस पार्टीकै नेतृत्वमा पाँच दलका बिचमा भएको स्थानीय तहको निर्वाचन सम्बन्धी तालमेलका विषयमा गठबन्धनको पटक–पटक बसेको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि सातवटै प्रदेश कार्यसमिति, ७७ जिल्लाकै कार्यसमिति र सबै प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति लगायत पार्टीका सबै तह र निकायलाई निर्देशन गरिएको छ । म यही कुरा पार्टीका सबै सदस्यहरूलाई अनुरोध र आह्वान गर्दछु ।’

यस्तो छ अपील!

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...