News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सभापति देउवाको बागी उम्मेदवारी फिर्ता लिन विशेष अपिल!

    हिमालीसंचार संवाददाता
    १७७ पटक

    काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका क्रममा देशभर पार्टी र गठबन्धनका उम्मेदवारविरुद्व स्वतन्त्र उम्मेदवारी दिएका नेता कार्यकर्तालाई आफ्नो उम्मेदवारी फिर्ता लिन सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

    सभापति देउवाले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी उम्मेदवारी फिर्ता लिएर पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका हुन् ।

    सभापति देउवाले ‘एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थितिप्रति म जानकार छु। तर पार्टीको विजयका लागि ‘साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी’ भन्ने उच्चतम भावना राख्न आग्रह गर्दछु,’ देउवाले बिहीबार सार्वजनिक अपिल जारी गर्दै भनेका छन्, ‘पार्टीको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु।’ 

    प्रधानमन्त्री देउवाले विज्ञप्तिमा अहिलेको पाँच दलीय गठबन्धन संविधान विरोधी तथा लोकतन्त्र विरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारहरूलाई नेतृत्वमा निर्वाचित गर्ने गरी बनेको समेत स्मरण गराएका छन् ।

    देउवाले भनेका छन्, ‘स्थानीय तहसम्म नै लोकतन्त्रका आधार स्तम्भहरूलाई मजवुद बनाउनु आजको सर्वाधिक आवश्यकता हो,’ ‘पाँच दलीय गठवन्धनको अपरिहार्यतालाई आत्मसात गर्दै, कांग्रेस पार्टीकै नेतृत्वमा पाँच दलका बिचमा भएको स्थानीय तहको निर्वाचन सम्बन्धी तालमेलका विषयमा गठबन्धनको पटक–पटक बसेको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि सातवटै प्रदेश कार्यसमिति, ७७ जिल्लाकै कार्यसमिति र सबै प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति लगायत पार्टीका सबै तह र निकायलाई निर्देशन गरिएको छ । म यही कुरा पार्टीका सबै सदस्यहरूलाई अनुरोध र आह्वान गर्दछु ।’

    यस्तो छ अपील!

    प्रतिकृया दिनुहोस्

    जनकपुर विषकाण्ड: तीन सन्तानपछि आमाको पनि निधन, शिशुको अवस्था सुधारोन्मुख

    जनकपुरधाम, वैशाख १२ – धनुषाको शहिदनगर–५ बस्ने पविता कुमारी साहको जनकपुरधामस्थित राम जानकी अस्पतालमा उपचारका...

    कांग्रेस नेताका छोरा भाटभटेनी लुटपाटमा संलग्न रहेको दाबी : लिङ्देन

    काठमाडौं, वैशाख १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका एक नेताका...

    ट्राफिक प्रहरीको कुटपिटको अर्को भिडियो पनि सार्वजनिक, अनुसन्धानमा प्रहरी प्रशासन

    काठमाडौं, वैशाख १२ – राजधानी काठमाडौंमा ट्राफिक प्रहरीको आक्रोशपूर्ण व्यवहारसम्बन्धी अर्को भिडियो सार्वजनिक भएको छ।...

    बुढीगंगा नदीमा हामफालेका एक युवाको ज्यान गयो, दुई जना घाइते

    कैलाली, वैशाख १२ – बाजुराको बुढीगंगा नदीमा एकैपटक हामफालेका तीन जना व्यक्तिमध्ये एक जनाको ज्यान...

    रंगेलीकाे ९ वटै वडामा पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर संचालन

    मोरङक, वैशाख १२ – रंगेली नगरपालिकाले महिलाहरूका लागि पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरको संचालन सुरु...