News Portal

एकीकृत समाजवादी र एनेकपाबीच आज एकता हुने

हिमालीसंचार संवाददाता
३१६ पटक

नेकपा एकीकृत समाजवादी र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा) बीच एकता हुने भएको छ। एनेकपासँग आज एकता गर्न लागिएको एकीकृत समाजवादीका प्रचार विभाग सचिव प्रकाश खतिवडाले बताए।

एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले उनको भनाइ छ। एकीकृत समाजवादीको कार्यालयमा एकता सभा हुनेछ।एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एनेकपा अध्यक्ष आलोक रायमाझीको उपस्थितिमा एकतासभा हुने भएको हो।

नेकपा एमालेबाट विद्रोह गरी स्थापित भएको नेकपा एकीकृत समाजवादीले कम्युनिष्ट आदर्शको मूलधार भएको दाबी गर्दै आएको छ। स्थापनाको आठ महिनाको अवधिमा करिब १० वटा वामपन्थी विचारका विभिन्न पार्टी तथा मोर्चालाई पार्टीमा समाहित गरिएको पनि एकीकृत समाजवादीको दाबी छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...