News Portal

खोटाङमा धर्मराजको त्यागले तीर्थराज भट्टराईको मेयरमा उम्मेदवारी कायम

हिमालीसंचार संवाददाता
२९५ पटक

खोटाङ – खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरमा तीर्थराज भट्टराई र धर्मराज पोखरेलको मनोनयन दर्ता भएपछि आधिकारिकताको विषयमा अन्योल भएको थियो । नेपाली काँग्रेस प्रदेश समितिले पोखरेललाई र केन्द्रीय समितिले भट्टराईलाई मेयरको टिकट दिएपछि आधिकारिक उम्मेदवारका विषयमा अन्यौलता सिर्जना भएपछि विवाद समेत चर्किएको थियो ।

पोखरेलले बुधबार साँझ नेपाली काँग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि तीर्थराज भट्टराई नेपाली काँग्रेसका मेयरका उम्मेदवार कायम भएका छन्। नेपाली काँग्रेसबाट दुई जनाको उम्मेदवारी दर्ता भएपछि गठबन्धन कायम हुने नहुनेमा विषयमा समेत आशंका पैदा भएको थियो । 

पोखरेलले विज्ञप्तिमा भनेका छन्; ‘नगर समृद्धिको लागि देखेको सपना धेरै थिए। मेरो सपना तिर्थराज भट्टराईमार्फत पुरा हुने विश्वास लिएको छु ।” यस्तै पिडा र मर्कामा परेका साथीहरु धेरै हुनुहुन्छ, उनले आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीलाई सहयोग गर्न आग्रह गर्दै पीडा र अन्यायका लागि निर्वाचनपछि हामी बसेर छलफल गर्ने नै छौ।’ 

यस नगरमा सत्तारुढ गठबन्धन दलबीचमा तालमेल गरेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर काँग्रेसलाई र उपमेयर नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएको छ । गठबन्धनको सहमति अनुसार नेकपा माओवादी केन्द्रले विसन राईलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...