News Portal

खोटाङमा धर्मराजको त्यागले तीर्थराज भट्टराईको मेयरमा उम्मेदवारी कायम

हिमालीसंचार संवाददाता
३१६ पटक

खोटाङ – खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरमा तीर्थराज भट्टराई र धर्मराज पोखरेलको मनोनयन दर्ता भएपछि आधिकारिकताको विषयमा अन्योल भएको थियो । नेपाली काँग्रेस प्रदेश समितिले पोखरेललाई र केन्द्रीय समितिले भट्टराईलाई मेयरको टिकट दिएपछि आधिकारिक उम्मेदवारका विषयमा अन्यौलता सिर्जना भएपछि विवाद समेत चर्किएको थियो ।

पोखरेलले बुधबार साँझ नेपाली काँग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि तीर्थराज भट्टराई नेपाली काँग्रेसका मेयरका उम्मेदवार कायम भएका छन्। नेपाली काँग्रेसबाट दुई जनाको उम्मेदवारी दर्ता भएपछि गठबन्धन कायम हुने नहुनेमा विषयमा समेत आशंका पैदा भएको थियो । 

पोखरेलले विज्ञप्तिमा भनेका छन्; ‘नगर समृद्धिको लागि देखेको सपना धेरै थिए। मेरो सपना तिर्थराज भट्टराईमार्फत पुरा हुने विश्वास लिएको छु ।” यस्तै पिडा र मर्कामा परेका साथीहरु धेरै हुनुहुन्छ, उनले आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीलाई सहयोग गर्न आग्रह गर्दै पीडा र अन्यायका लागि निर्वाचनपछि हामी बसेर छलफल गर्ने नै छौ।’ 

यस नगरमा सत्तारुढ गठबन्धन दलबीचमा तालमेल गरेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर काँग्रेसलाई र उपमेयर नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएको छ । गठबन्धनको सहमति अनुसार नेकपा माओवादी केन्द्रले विसन राईलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...