News Portal

  • लेटाङमा काग्रेस नेता माबोहाङले दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता

    हिमालीसंचार संवाददाता
    २२१ पटक

    लेटाङ – मोरङ जिल्लाको लेटाङ नगरपालिका लेटाङका नेपाली कांग्रेसबाट मेयर पदका लागि स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गरेका इन्द्र माबोहङले उम्मेदवारी फिर्ता गरेका छन्। पार्टीले आफुलाई उपेक्षा गरेका कारण असन्तुष्ट रहेका माबोहङले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका हुन्।

    नेपाली कांग्रेसका जिल्ला सभापती डिग बहादुर लिम्बू सहित बसेको कांग्रेसको बैठकमा आफ्नो बिचार राख्दै नेता माबोहाङले पार्टीले आफुलाई सम्बोधन गर्न नसकेपनी कांग्रेसको शिर उच्च राख्न, लेटाङ नगरपालिका लेटाङलाई समृद्ध बनाउन नेपाली कांग्रेसले जित्न आवश्यक रहेकाले कांग्रेस जिताउ अभियानमा लाग्नका लागि आफुले मेयर पदमा स्वतन्त्र रुपमा दिएको उम्मेदवारी फिर्ता गरेको बताए । 

    नेपाली कांग्रेसले लेटाङ नगरपालिका लेटाङका लागि ज्ञानेन्द्र ढकाललाई चयन गरेको थियो। उनी लेटाङलाई बिकास गर्न सक्षम रहेको,  जिल्ला बिकासमा सर्बदलिय संयन्त्रको संयोजक हुँदा लेटाङ, जाँते, भोगटेनी र वारङी क्षेत्रमा महत्वपूर्ण सहयोग पुर्याएको योगदान सम्झदै कांग्रेसले ढकाललाई आवश्यक सहयोग गर्न नगरबासीलाई अनुरोध गरे। 

    जिल्ला सभापति डिग बहादुर लिम्बुले कांग्रेस जिताउन सबै एकजुट भएर लाग्न आह्वान गरे । पार्टीले टिकट दिएका उम्मेदवारलाई सबैले सहयोग गरेर अघि बढ्न आग्रह गरे । नगरमा कांग्रेस जित सुनिश्चित भएकाले सबैले कांग्रेस सहितको गठबन्धन समुहलाई जिताएर राम्रो सन्देश दिन आग्रह समेत गरे।  भोलीदेखि नगरका सबै वडा, टोल-टोलमा, घर दैलो कार्यक्रम सहित अघि बढ्ने नगर सभापति दिपक चन्द्र राईले हिमालीसंचारडटकमसंग बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...