लेटाङमा काग्रेस नेता माबोहाङले दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता

लेटाङ – मोरङ जिल्लाको लेटाङ नगरपालिका लेटाङका नेपाली कांग्रेसबाट मेयर पदका लागि स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गरेका इन्द्र माबोहङले उम्मेदवारी फिर्ता गरेका छन्। पार्टीले आफुलाई उपेक्षा गरेका कारण असन्तुष्ट रहेका माबोहङले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका हुन्।
नेपाली कांग्रेसका जिल्ला सभापती डिग बहादुर लिम्बू सहित बसेको कांग्रेसको बैठकमा आफ्नो बिचार राख्दै नेता माबोहाङले पार्टीले आफुलाई सम्बोधन गर्न नसकेपनी कांग्रेसको शिर उच्च राख्न, लेटाङ नगरपालिका लेटाङलाई समृद्ध बनाउन नेपाली कांग्रेसले जित्न आवश्यक रहेकाले कांग्रेस जिताउ अभियानमा लाग्नका लागि आफुले मेयर पदमा स्वतन्त्र रुपमा दिएको उम्मेदवारी फिर्ता गरेको बताए ।
नेपाली कांग्रेसले लेटाङ नगरपालिका लेटाङका लागि ज्ञानेन्द्र ढकाललाई चयन गरेको थियो। उनी लेटाङलाई बिकास गर्न सक्षम रहेको, जिल्ला बिकासमा सर्बदलिय संयन्त्रको संयोजक हुँदा लेटाङ, जाँते, भोगटेनी र वारङी क्षेत्रमा महत्वपूर्ण सहयोग पुर्याएको योगदान सम्झदै कांग्रेसले ढकाललाई आवश्यक सहयोग गर्न नगरबासीलाई अनुरोध गरे।
जिल्ला सभापति डिग बहादुर लिम्बुले कांग्रेस जिताउन सबै एकजुट भएर लाग्न आह्वान गरे । पार्टीले टिकट दिएका उम्मेदवारलाई सबैले सहयोग गरेर अघि बढ्न आग्रह गरे । नगरमा कांग्रेस जित सुनिश्चित भएकाले सबैले कांग्रेस सहितको गठबन्धन समुहलाई जिताएर राम्रो सन्देश दिन आग्रह समेत गरे। भोलीदेखि नगरका सबै वडा, टोल-टोलमा, घर दैलो कार्यक्रम सहित अघि बढ्ने नगर सभापति दिपक चन्द्र राईले हिमालीसंचारडटकमसंग बताए ।

















