News Portal

भोजपुरमा एमालेसँग तालमेल गरेका कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन

हिमालीसंचार संवाददाता
२७० पटक

काठमाडौं – सत्तारुढ गठबन्धनको केन्द्रीय सहमतिविपरीत प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गरेका १० जना कार्यकर्तालाई नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरले आगामी शुक्रबारसम्म उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।

आमचोक गाउँपालिकाका १० वटै वडामा एमालेसँग तालमेल गरेपछि नेपाली कांग्रेसले १० जना उम्मेदवारीलाई पार्टीले फिर्ता लिन भनेको हो। उम्मेदवारी फिर्ता नलिएमा पार्टीले कारबाही गर्ने चेतावनी दिएको छ। 

नेपाली कांग्रेस जिल्ला सभापति विनोद बान्तावाले आमचोक वडा नम्बर ३ का सञ्जय राई, कुमारी राई, वडा नं. ४ का रमेश विष्ट, निर्मला राई, वडा नं. ५ का सञ्जय राई, कौशिला नेपाली, वडा नम्बर ६ का टेक बहादुर कार्की, तीर्थमाया बस्नेत, वडा नं. ९ का विन्द्रबहादुर श्रेष्ठ र वडा नं. १० का खगेन्द्र विष्टलाई उम्मेदवारी फिर्ता लिन भनेको हो।

‘गठबन्धनको नीति, निर्णय र निर्देशनलाई उल्लघंन गर्दै आमचोक गाउँपालिकामा एमालेसँग गठबन्धन गरेको हुनाले आमचोकका सभापति रविन राईलाई २ दिनभित्र जिल्ला कार्य समितिमा लिखित जानकारी दिन कडा निर्देशन गरिन्छ’, बान्तावाले भनेका छन्। 

कांग्रेसले निर्वाचन आयोगले दिएको वैशाख १६ गतेसम्मको अवधिमा उम्मेदवारी फिर्ता नलिएमा अनुशासन उल्लघंन गरेको पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिने चेतावनी दिएको हो। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २३ गतेको राशिफल

आज चैत २३, २०८२ ( अप्रिल ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...