News Portal

अन्यायको हिसाब किताब हुन्छ, अहिले पार्टीको निर्णय मानौं : गगन थापा

अलिकति भ्याएको बेलामा ओलीलाई बालकोटमै गएर ट्युशन पढाउनु छः गगन थापा

हिमालीसंचार संवाददाता
२०७ पटक

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावका बेला पार्टीका सबै कार्यकर्ताले पार्टीको निर्णय मान्नुको विकल्प नभएको बताएका छन् । कतिपय नेता कार्यकर्ता अन्यायमा परेको भन्दै महामन्त्री थापाले तर अहिले पार्टीको निर्णय मान्नुको विकल्प नभएको बताएका हुन् ।

‘पार्टी एउटा निर्णय गरेर चुनावमा होमिन्छ, चुनावअघि मतभेद हुन्छ, चुनावपछि पनि मतभेद हुन्छ तर चुनावका बेला पार्टीको निर्णय मान्नुपर्छ’ उनको आग्रह थियो। काठमाडौमा रहनु हुने पार्टीका साथीहरु स्थानीय तहमा गईदिन आग्रह समेत गरेको थिए। 

महामन्त्री थापाले स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन पनि आग्रह गरे । ‘स्वतन्त्र उम्मेदवारी दिने साथीहरुलाई म विनित भएर अनुरोध गर्न चाहन्छु, हामीसँग दुई दिन समय छ, तपाईहरुको अन्यायको हिसाब किताब हुन्छ, त्यो अन्यायको क्षतिपूर्ति हुने गरी निर्णय हामी गर्छौ ।’

उनले पार्टीमा लामो योगदान गरेका नेता कार्यकर्ताले पार्टीको निर्णय उल्लंघन गरेपछि फेरि फर्किने ठाउँ नहुने बताए । ‘पार्टीको निर्णय उल्लंघन गर्नेहरु फर्केर आउने ठाउँ हुँदैन, त्यसपछि पार्टीको यात्रा अघि बढाउने कुरा गह्रो हुन्छ’ उनले भने, ‘अघिल्लो पटक बागी उम्मेदवारी दिएकाहरुलाई हामीले टिकट दिन सकेनौं, किनभने उहाँहरुको अहिलेसम्म कारबाही फकुवा भएको छैन ।

उनले केपी ओली लजिक मन पर्दैन म्याजिक मन पर्छ, घोषणा पत्रमा लजिकको कुरो छ, के गर्न सकिन्छ’ के गर्न सकिदैन, यस विषयमा उनलाई मेरो भन्नु केही छैन। कांग्रेसको महाधिवेशनको समयमा समुन्नत नेपाल भन्ने अबधारणा अघि सार्दै गर्दा खेरी यो मेरो आइडिया हो, चोर्यो चोर्यो भन्नु भएको थियो, हिजो पनी चोर्यो चोर्यो भन्नु भए छ। 

मैले यसको बारेमा अहिले मलाई पनी डौडधुप छ, वहालाई पनी डौडधुप छ, वहा अध्यक्ष हो, म महामन्त्री हाम्रो आफ्नै भ्याई नभ्याई छ, अलिकति भ्याएको बेलामा म बालकोटमै गएर ट्युशन पढाउने हो, एउटा विषयमा त पढाउनै पर्ने भएको छ। पहिलो कुरो यो मेरो समृद्धिको आईडिया कसैले चोरेर लग्देला भनेर राती पनी चोरदेला चोरदेला भनेर अनिदो नबस्नुस् तपाईको आइडिया तपाईसंगै राख्नुस् । यो न मलाई चोर्नु छ, न कुनै कांग्रेसका साथीलाई चोर्नु छ। समृद्धि तपाईकै आइडिया हो, तपाई संगै राख्नुस् फुर्सदमा म बेली बिस्तार बुझाउछु। 

तपाईको समृद्धि र हाम्रो समुन्नतिको फरक के हो भने तपाईको समृद्धिमा अंहकारको भ्युटावर छ। त्यो भ्युटावरबाट तल हेर्दै गर्दा मान्छेहरु गान्टे मान्टे देखिन्छ। हाम्रो समुन्नतिको आइडियामा तल भ्यु टावरबाट देखिने ती गान्टे मान्छेहरुको जीवनमा भएको दुख छ। त्यो दुखलाई कसरी हल गर्ने भन्ने समाधान छ। त्यसको खोजी, प्रयत्न छ। तपाईको समृद्धिमा राष्ट्र भन्दै मुठ्ठी कस्दै गर्दा त्यहा भित्र घृर्णा, उत्येजना, रिस छ। र मौका परेको बेलामा एउटा धर्मलाई, जातलाई उचाल्ने बद्नियत छ। 

हामीले समुन्नति भन्दै गर्दा त्यहा भित्र देशको प्रेम छ, एउटा जाति, भाषा, धर्म र संस्कृति नेपाल भित्र भएका एक ठाउ मिलेर बस्न सक्ने सद्भावको त्यो कामना, इच्छा छ । त्यसबाट बनेको एकताको भावना छ। कोही प्रति कुनै घृर्णा छैन देश प्रतिको प्रेम छ। सबैसंग मित्रवत सम्बन्ध राख्ने चाहाना छ, देशको सार्वभौमिकता माथी लड्ने अठोट छ । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...