News Portal

एमालेसँग तालमेल गरेपछि कांग्रेसले गर्‍यो मल्ललाई कारबाही

हिमालीसंचार संवाददाता
२८३ पटक

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका सबै पालिकामा कांग्रेसभित्र विद्रोह भएको छ। पूर्वजिल्ला सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लको नेतृत्वमा रहेका कांग्रेस असन्तुष्ट पक्षले स्थानीय चुनावमा अर्कै पार्टीको चिन्ह लिएर नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि मल्ललाई पार्टीले कारबाही गरेको हो ।

उनीहरूले नेपाली कांग्रेस वीपीको चिन्ह लिएर सातवटै पालिकामा चुनावी तालमेल गरेपछि यसको नेतृत्व गरेको भन्दै कांग्रेस केन्द्रीय कार्यालयले मल्ललाई साधारण सदस्य पनि नरहने गरी मंगलबार पार्टीबाट निकालेको छ। ०७४ को चुनावमा यहाँ कांग्रेसले चार पालिका जितेको थियो। त्यसबेला पनि मल्ल पक्षले एमालेका उम्मेदवारलाई सघाएको आरोप लागेको थियो।

अहिले कांग्रेस वीपीको चिन्ह लिएर मल्ल पक्षका नेता तथा कार्यकर्ताले सातमध्ये तीन पालिकामा उम्मेदवार उठाएका छन्। अरू पालिकामा उनीहरूले एमाले उम्मेदवारलाई समर्थन गरेका छन्।

सभापति देउवा पक्ष र मल्ल पक्षबीच लामो समयदेखि मतभेद थियो। कांग्रेसको १४ औं महाधिवेशनका बेला वडा अधिवेशनदेखि नै डडेल्धुरामा मल्ल पक्षका नेता तथा कार्यकर्ता असन्तुष्ट थिए।

मल्लपक्षबिनै कांग्रेसले वडादेखि जिल्ला अधिवेशन गरेको थियो। क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै उनीहरूले सानेपामा अनसन पनि गरेका थिए। कांग्रेस केन्द्रीय कार्यालयले भने पार्टी विपरीत गतिविधि गरेकोले मल्लमाथि कारबाही गरिएको बताएको छ। उनले अर्कै पार्टीको चिन्ह लिएर एमालेसँग सहकार्य गरेकोले पार्टीबाट निकाल्नुपरेको स्रोत बताउँछ।

मल्लले भने सभापति देउवाले आफूलाई पटकपटक पार्टीबाट निकाल्न खोजे पनि नसकेको र छैटौंपटक सफल भएको प्रतिक्रिया दिएका छन्। उनले केही दिनअघि आफूहरूलाई पनि समेटेर चुनावमा जान पार्टीलाई आग्रह गरेका थिए।

पार्टीले माग सुनुवाइ नगरेको भन्दै उनीहरूले कांग्रेस वीपीको चिन्ह लिएर एमालेसँग सहकार्य गर्दै नवदुर्गा र गन्यापधुरा गाउँपालिकाका साथै अमरगढी नगरपालिकामा आफ्नो तर्फबाट उम्मेदवार उठाउने गरी एमालेसँग सहकार्य गरेका थिए।

मल्ल पक्षले एमालेलाई आलिताल, भागेश्वर, अजयमेरु गाउँपालिकाको प्रमुख र परशुराम नगरपालिकाको मेयरमा सघाउने सहमति गरेसँगै यसको नेतृत्व गरेको भन्दै कांग्रेसले उनीमाथि कारबाही गरेको हो ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...