News Portal

कांग्रेसले एमालेको घोषणापत्र चोरेको आरोप, गगनलाई कटाक्ष-चिट चोर्ने कुशलता पनि छैनः ओली

हिमालीसंचार संवाददाता
२६३ पटक

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसमाथि आफ्नो पार्टीको घोषणापत्र चोरेको आरोप लगाएका छन्। मनमोहन अधिकारीको २३औँ स्मृति दिवसमा मंगलबार बोल्दै ओलीले एमालेको घोषणापत्रबाट चोर विद्यार्थीले चिट चोरेझै कांग्रेलसे सारेको आरोप लगाएका हुन्।

कांग्रेस घोषणापत्र तयारी समितिका संयोजक एवं महामन्त्री गगन थापालाई कटाक्ष गर्दै ओलीले भने, ‘एमालेको घोषणापत्रबाट चोर विद्यार्थीले चिट चोरेझै सारेको छ। उता हेरेर यता लेखेको छ। आँखा उता हात यता हुँदा छड्के अक्षर परेको छ।’

कांग्रेसले घोषणापत्रमा संविधानका राम्रा राम्रा कुरा थपक्क टिपेर ल्याएर राखेको उनको भनाइ छ। कांग्रेसले मुख्यत: घोषणापत्रमा एमालेमाथि तथानाम गाली गरेको, संविधानका केही कुराको उतारेको र एमालेको कपी गरेको ओलीको टिप्पणी थियो।

ओलीले कांग्रेसको घोषणापत्र बनाउनेले सार्न पनि नजाने भन्दै गगनलाई कटाक्ष गरे। ‘तैपनि एउटा कुशल विद्यार्थीको चिट चोराई छैन। चिट चोर्न त कुशलता चाहिन्छ नि। चिट चोर्ने कुशलता पनि छैन। लद्धु विद्यार्थीको लद्दु चोराई छ। यस्तो छ नेपाली कांग्रेसको घोषणापत्र,’ उनले भने।

कांग्रेसको घोषणापत्र जनताले नपढ्ने र एक पेज पल्टाएर दोस्रो नपल्टाउने ओलीको तर्क छ। ‘जनताले त पढ्दै पढ्दैन। तर हामीले नेपाली कांग्रेस चिन्नलाई धैर्यताका साथ पढ्न जरुरी छ। कांग्रेस के हो भन्ने बुझ्न घोषणापत्र पढ्नैपर्छ। कांग्रेस के हो भन्ने आफ्नै मुखबाट बकपत्र कांग्रेसको घोषणापत्र हो। कांग्रेस के हो जनताका बीचमा एक झट्का दिनुपर्छ,’ उनले भने। घोषणापत्र हेर्दा त कांग्रेस सिद्धिएको ओलीले जिकिर गरे। ‘कांग्रेससँग राजनीति छैन। देश विकासको कुनै योजना छैन। नीति विचार सिद्धान्त केही छैन,’ उनले भने।

देउवालाई व्यंग्य:

ओलीले कांग्रेसको कुनै विचार नभएको र गणेशमान, कृष्णप्रसाद भट्टराई र गिरिजाले आफैसँगै लगेर गएको टिप्पणी गरे। ‘कांग्रेसलाई विकास योजना के हो? शासन कसरी चलाउने? नीति के हो भनेर सोध्दा शेरबहादुरजीले भन्नुहुन्छ बढ्ता बोल्दै हुनुहुन्छ। केही छैन भन्ने थाहा हुँदाहुँदै सोध्ने, तपाई बढ्ता बोल्दै हुनुहुन्छ भन्नुहुन्छ,’ ओलीले ठट्टा गरे, ‘जानीजानी, छैन भन्दा भन्दै नेपाली कांग्रेसलाई होच्याउन खोजेको उहाँले झपार्नुहुन्छ। नपत्याय सोधी हेर्नुस्।’

कांग्रेससँग देश र जनताको बारेमा केही सोंच, चिन्तन र नीति नरहेको ओलीले आरोप लगाए। ‘उसले सत्ता खोज्छ। सत्ता टिकाइराख्न र फेरि सत्तामा आउन गठबन्धन नामको कुहिएको टेको लौरो टेक्न आवश्यक ठान्छ,’ उनले भने, यो लौरो वैशाख ३० को चुनावमा कर्याकुरुक हुन्छ।’  

कांग्रेसको घोषणापत्र पढेर कांग्रेसको हविगतको इन्जोय गर्न उनले कार्यकर्तालाई आग्रह गरे। ‘च्याखेहरु बोकेर कांग्रेसले पोलिटिकल पार्टीको क्यारेक्टर गुमाउँदैछ। यो लोकतन्त्रका लागि चिन्ताको विषय हो,’ उनले भने।

घोषणापत्र शब्दको थुप्रोमात्रै:

ओलीले कांग्रेसको घोषणापत्रमा शब्दको थुप्रो मात्रै भएको टिप्पणी गरे। उनले भने, ‘अहिले नेपाली कांग्रेसले चुनावी घोषणापत्र भनेर जुन प्रकाशित गरेको छ। त्यो कुनै राजनीतिक दस्तावेज होइन। त्यसलाई राजनीतिक दस्तावेज भन्न सकिँदैन। पागलहरुको प्रलाप हो। मुख छाड्ने, गाली गर्ने तथानाम भन्ने बाहेक केही छैन।

अनि कसरी हुनसक्छ राजनीतिक दस्तावेज?’ घोषणापत्रमा एमालेलाई धारेहात मात्रै लगाइएको उनले आरोप लगाए। ओलीले भने, ‘उत्ताउलो विकास गर्‍यो। रेल ल्याउन के जरुरी, पाइप लाइन ल्याउन के जरुरी? यो गर्छु भन्ने त्यो भन्ने भन्यो। पाँच वर्ष खेर गयो यस्तै यस्तै बकवास छ घोषणापत्रमा।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...