News Portal

गंगाजमुनामा गठबन्धनको उपाध्यक्ष पदमा समाजवादी र माओवादीको उम्मेदवारी कायमै

हिमालीसंचार संवाददाता
३४३ पटक

धादिङ – गंगाजमुना गाउँपालिकामा गठबन्धनको कुरो अहिले सम्मान मिलेको छैन। प्रदेश तथा केन्द्रबाट गठबन्धनको टुंगो लगाए पनि गंगाजमुना गाउँपालिकामा गठबन्धनको तर्फबाट उपाध्यक्ष पदमा एकीकृत समाजवादीबाट नारायण बहादुर कार्की र माओवादीबाट रामेश्वर सिम्खडा दुवैले उपाध्यक्ष पदमा उम्मेदवारी दिएकाे छ। केन्द्र र प्रदेशको निर्णय अनुसार गाउँपालिकाको उपाध्यक्ष पदमा समाजवादीलाई दिएको भएपनि नेकपा-माओवादीले भने मानेको छैन।

गठबन्धनले प्रदेशको निर्णय मान्नुपर्ने भनेर सार्वजनिक रुपमा नै प्रदेशको नेताहरुले सार्वजनिक रुपमै प्रेस विज्ञप्ति जारी गरेका छ। प्रदेशबाट धादिङ जिल्लाको विभिन्न गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष वडाअध्यक्ष पद बाँडफाँड भएको थियो।
गंगाजमुना गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादीको संयुक्त बैठक बसी बैठकले उपाध्यक्षमा माओवादीले नै दिनुपर्छ भन्ने एउटा विज्ञप्ति समेत जारी गरेका थिए।गठबन्धन मै बसेर चुनावमा जानुपर्छ भनेर नेताहरुले भनेपनि अहिले आएर गंगाजमुना गाउँपालिकामा त्यो लागु हुन सकेको छैन।समाजवादीले पनि आफ्नो अडान छाडेको छैन भने माओवादीको अडान पनि कायमै छ।

 

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...