News Portal

बेनिघाट गाँउपालिकामा एमालेबाट टिकट पाएका भुवन त्रिपाठी विरूद्ध उजुरी

हिमालीसंचार संवाददाता
२६० पटक

धादिङ – बेनिघाट रोराङ गाँउपालिका वडा नंबर ३ को वडा अध्यक्षमा उम्मेदवारी दिएका भुवन त्रिपाठी विरुद्ध उजुरी परको छ ।स्थानीय तहको चुनाव नजिकै गर्दा उमेदवारी दर्ता भइसेका उनकाे उम्मेदवारीमा समस्या अाएकाे छ।मंगलबार धादिङको निर्वाचन अधिकृत कार्यालयमा वडाअध्यक्षमा दावी गर्ने त्रिपाठी विरुद्ध बेनिघाट रोराङ गाँउपालिका ३ का कमलराज कडेँलले उजुरी दिएको हो।

यसअघि समेत वडा अध्यक्षका रुपमा काम गरेका त्रिपाठीले सरकारी कागजात किर्ते गरेको पाईएको थियो। तेज एग्रिगेट क्रसर उद्योगको नाममा सरकारी कागजात किर्ते गरेको आरोप उनिमाथि लागेको थियो ।पछि घादिङका तात्कालिन वन अधिकृत इमानाथ पौडेल र तत्कालिन उद्योग अधिकृत विजय भट्टराईको अनुसन्धान टोलीले स्थलगत अवलोकन गरेर १ करोड १७ लाख ५१ हजार १६० रुपैया जरिवाना तोकेको थियो तर उक्त जरिवाना तोकेको ४ वर्ष वितिसक्दा समेत उनले सो जरिवाना तिरेका थिएनन्।

सोही कारण त्रिपाठी विरुद्ध अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा समेत २०७७ चैत १७ गते मुद्धा परेको थियो।उनले क्रसरको आवरणमा अवैध नदिजन्य पदार्थको उत्खखनन् गर्दै आएका थिए । सोही कारण देखाउँदै उनलाई मनोनयन अयोग्य रहेको ठहर गर्दै निर्वाचन अधिकृतको कार्यलयमा उजुरी दर्ता भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २३ गतेको राशिफल

आज चैत २३, २०८२ ( अप्रिल ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...