News Portal

  • बेनिघाट गाँउपालिकामा एमालेबाट टिकट पाएका भुवन त्रिपाठी विरूद्ध उजुरी

    हिमालीसंचार संवाददाता
    १६९ पटक

    धादिङ – बेनिघाट रोराङ गाँउपालिका वडा नंबर ३ को वडा अध्यक्षमा उम्मेदवारी दिएका भुवन त्रिपाठी विरुद्ध उजुरी परको छ ।स्थानीय तहको चुनाव नजिकै गर्दा उमेदवारी दर्ता भइसेका उनकाे उम्मेदवारीमा समस्या अाएकाे छ।मंगलबार धादिङको निर्वाचन अधिकृत कार्यालयमा वडाअध्यक्षमा दावी गर्ने त्रिपाठी विरुद्ध बेनिघाट रोराङ गाँउपालिका ३ का कमलराज कडेँलले उजुरी दिएको हो।

    यसअघि समेत वडा अध्यक्षका रुपमा काम गरेका त्रिपाठीले सरकारी कागजात किर्ते गरेको पाईएको थियो। तेज एग्रिगेट क्रसर उद्योगको नाममा सरकारी कागजात किर्ते गरेको आरोप उनिमाथि लागेको थियो ।पछि घादिङका तात्कालिन वन अधिकृत इमानाथ पौडेल र तत्कालिन उद्योग अधिकृत विजय भट्टराईको अनुसन्धान टोलीले स्थलगत अवलोकन गरेर १ करोड १७ लाख ५१ हजार १६० रुपैया जरिवाना तोकेको थियो तर उक्त जरिवाना तोकेको ४ वर्ष वितिसक्दा समेत उनले सो जरिवाना तिरेका थिएनन्।

    सोही कारण त्रिपाठी विरुद्ध अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा समेत २०७७ चैत १७ गते मुद्धा परेको थियो।उनले क्रसरको आवरणमा अवैध नदिजन्य पदार्थको उत्खखनन् गर्दै आएका थिए । सोही कारण देखाउँदै उनलाई मनोनयन अयोग्य रहेको ठहर गर्दै निर्वाचन अधिकृतको कार्यलयमा उजुरी दर्ता भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार ३० गतेको राशिफल

    आज असार ३०, २०८२ (जुलाई १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रधानमन्त्री ओलीको घोषणा : आगामी १५ वर्षभित्र नेपालबाट गरिबी हटाइने

    झापा, असार २९  – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ वर्षभित्र नेपाललाई गरिबीमुक्त राष्ट्र बनाउने...

    फुस्रेखोलामा पौडी खेल्दा डुबेर युवकको मृत्यु

    पोखरा, असार २९  — पोखरा महानगरपालिका वडा नम्बर १७ पावरहाउसस्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर...

    दक्षिण भारतीय सिनेमाका खलनायक कोटा श्रीनिवास अब रहेनन्

    हैदराबाद, असार २९ – दक्षिण भारतीय सिनेमामा आफ्नो दमदार अभिनयले छुट्टै पहिचान बनाएका बहुप्रतिभाशाली अभिनेता...

    स्पेन भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग, सहभागीहरू नफर्किएको दाबी

    काठमाडौं, असार २९ — प्रधानमन्त्री सहभागी स्पेन भ्रमणमा भिजिट भिसाबाट गएका केही नेपाली नफर्किएको पुष्टि...