News Portal

धरान उपमहानगरपालिका धरानमा गठबन्धनले जित्छ: मेयर राई

हिमालीसंचार संवाददाता
२८५ पटक

धरान – धरान उपमहानगरपालिका धरानका मेयर तिलक राईले आफु गठबन्धनका उम्मेद्वारलाई जिताउन हरसम्भव प्रयास गर्ने बताउदै धरान उपमहानगरपालिका धरानमा सत्तरुढ गठबन्धनले जित्ने बताए।

सोमबार मनोनयनका अन्तिम दिन उम्मेदवार दर्ताको क्रममा गठबन्धनबाट मेयरका उम्मेदवार किशोर राई र उपमेयर अइन्द्र बेघालाई शुभकामना दिदै धरानका मेयर राईले यस्तो बताएका हुन् । मेयर राईले आफु उम्मेदवार आकांक्षी भएपनि पार्टीको निर्णय स्वीकार गर्दै गठबन्धनलाई जिताउन लागिपर्ने बताए । 

‘म सिटिंग मेयर हो । नेपाली कांग्रेस र गठबन्धनलाई जिताउन हरसम्भव प्रयास हुन्छ । गठबन्धनले जित्यो भने मेरो नाम स्वर्ण अक्षरले लेखिन्छ,’उनले भने,‘गठबन्धनले जित्छ । किशोर राईलाई पार्टीले मेयरकोरुपमा पठाएको छ, उहाँले जित्नुहुन्छ, पार्टीले जिन्छ ।’

मेयर राईले २०७४ र २०७६ मा पार्टीले मलाई टिकट दिएर उम्मेदवार बनाएको भन्दै अहिले टिकट नपाउदा कुनै दुःखेसो नभएको बताए । मेयर राईले आफुमा हिनताबोध नभएको उल्लेख गर्दै किशोर राई बलियो र निरन्तर पार्टीमा लागेको व्यक्ति भएको बताए । 

मेयर राईले भने, ‘अहिले मैले पाइन भनेर दुःखेसो गर्नु, अरुले पायो भनेर हिनताबोध गर्न हुदैन । उहाँ पनि म भन्दा बलिलो उम्मेदवार हो । पार्टीमा निरन्तर लागेको मान्छे हो । त्यसकारण अन्यथा लिनुहुदैन ।’

गठबन्धनमा कही राम्रो र कही समस्या भइरहेको भएपनि धरानका वडा तहबाट नै समझदारी गरेर उम्मेदवार दिइरहेकोले राम्रो सन्देश गएको पनि बताए । अझै केही असन्तुष्टी रहे पार्टीको निर्णयलाई परिस्थिति र अहिलेको अवाश्यकताको रुपमा लिनुपर्ने पनि बताए । 

धरानमा कांग्रेसबाट जितेको वडाअध्यक्षले पार्टी छोडेर राप्रपाबाट वडाअध्यक्षमा उम्मेदवारी दिएकोप्रति उनले भने, ‘२०७४ मा तपाई हामीले टिकट पायौ, काम गर्ने अवसर मिल्यो । अहिले पार्टीले गरेको निर्णयलाई आत्मसात गर्नुपर्छ, त्यसो नगरौ भनेको थिए । तर पनि साथीहरुले गर्दै हुनुहुन्छ भन्ने सुनेँ । निर्वाचन अझै पनि १८, २० दिन छ, यो बीचमा साथीहरुलाई समन्वय गर्न सक्छौ भन्ने लाग्छ ।’ मेयर राईले थप एक ढिक्का हुनका लागि अनुरोध गरेका थिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २३ गतेको राशिफल

आज चैत २३, २०८२ ( अप्रिल ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...