News Portal

कांग्रेसका रंगेली नगर उपाध्यक्ष श्रेष्ठले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिए

हिमालीसंचार संवाददाता
३८८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकाको नेपाली कांग्रेस नगर उपाध्यक्ष रहेका सन्जिब श्रेष्ठ (निर्मल) ले वडा नं. ७ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेस रंगेली नगरका उपाध्यक्ष समेत रहेका श्रेष्ठ नगर अधिवेशनमा मतदान प्रक्रियाबाट विजयी हुदै नगरका उपाध्यक्ष निर्वाचित भएका श्रेष्ठलाई जिल्लादेखि केन्द्रसम्मका नेताहरुले ११ गतेसम्म वडाध्यक्षका लागि टिकट दिने लबिङ गरेका थिए। 

नेपाली कांग्रेसका नेताहरुको चाकडी र झोला बोकेकै कारण पार्टीमा योगदान नगरेका व्याक्तिलाई पार्टीले टिकट दिएपछि असन्तुष्ट भएका श्रेष्ठले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठले वजाध्यक्षमा निर्वाचित भए आफ्नो सेवा सुविधा आफ्नो वडाका गरिब तथा अतिवित्पन्न परिवारका सदस्यहरुलाई आवश्यक सहयोग गर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...