News Portal

हातमा टिकट भए पनि विवादका कारण दर्ता भएन उम्मेदवारी

हिमालीसंचार संवाददाता
२२३ पटक

मकवानपुर – नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाको तीनवटा वडामा टिकट वितरण पारदर्शी नहुँदा विवाद भएको छ । कांग्रेसले वडा अध्यक्षमा दुई जनालाई टिकट दिएपछि विवाद भएको हो ।

हेटौंडा–२, १० र १९ नम्बर वडामा दुई/दुई जनालाई वडा अध्यक्षको टिकट दिएपछि यस्तो अवस्था सिर्जना भएको हो । पार्टी सभापति बुद्ध लामा र संघीय सभापति दामोदर खनालबीचको विवादका कारण यस्तो अवस्था सिर्जना भएको हो ।

हेटौंडा–२ मा विष्णुगोपाल महर्जन र रवीन्द्र घिमिरेलाई कांग्रेसले टिकट दिएको थियो । महर्जनले एक्लै सुटुक्क उम्मेदवारी दर्ता गराएका थिए । घिमिरेले भने यस विषयमा छानबिन हुनुपर्ने माग गर्दै पत्रकार सम्मेलन नै गरेका छन् । ‘पार्टीले टिकट दिने उम्मेदवारी दिन नपाउने यो कस्तो विडम्बना हो । पार्टीले छानबिन गर्नुपर्छ । गलत गर्नेलाई हदैसम्मको कारबाही होस्,’ घिमिरेले भने । घिमिरेले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका छन् ।

हेटौंडा–१० मा युवराज लामा र रमेशध्वज कार्कीलाई टिकट दिएपछि विवाद सिर्जना भएको थियो । कार्कीले उम्मेदवारी दर्ता गराउँदा लामा भने गठबन्धनको बैठकमा नाराबाजी गर्दै उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयतर्फ आउँदै थिए । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउन खोज्दा नमिल्ने भएपछि उनी चुपचाप फर्किन बाध्य भए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...