सिरहा – सिरहा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दोस्रो ५ बजेसम्ममा सबै पदमा एक हजार ५ सय २६ जनाको मनोनयन दर्ता भएको छ ।
सिरहाको १७ वटै पालिकाको दल र स्वतन्त्र गरी प्रमुखमा एक सय २४, उपप्रमुखमा ७५, वडा अध्यक्षमा ३ सय ६८, वडा सदस्यमा ४ सय ६८, महिला सदस्य २ सय ३६ र दलित महिला सदस्यमा २ सय ४० गरी एक हजार ५ सय २६ जनाको मनोनयन दर्ता भएको हो।
दलका उम्मेदवारहरु प्रायः ३ बजेपछि मात्रै आएका थिए। उनीहरुले बुझाएको फाइल रुजु गर्दै दर्ता प्रक्रियामा गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए। उनले आफूहरूले अपराह्न ५ बजेसम्म आएका सबै दल र स्वतन्त्र उम्मेदवारहरुको उम्मेदवारी मनोनयन फाइल बुझ्ने र रुजु गर्ने काम गरेको बताए ।