News Portal

पार्टी प्रबृतिका विरुद्ध स्वतन्त्र उम्मेदवार दिएः रत्न कटुवाल

हिमालीसंचार संवाददाता
४१२ पटक

धरान – धरान उपमहानगरपालिका धरानको २०७४ सालको निर्वाचनमा एमालेबाट निर्वाचित वडा नं ९ का वडाअध्यक्ष जितेको रत्नबहादुर कटवालले धरानको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

वडाअध्यक्षबाट आइतबार नै राजिनामा दिएका कटवालले आज (सोमबार) धरानका मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । पार्टीले गलत व्यक्तिलाई उम्मेद्वार बनाएका कारण आफुले मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएको कटवालले बताए । उनले थपे खराब ब्यक्तिलाई पार्टीले नगरको टिकट दिएका कारण उनी विरुद्ध नै मेरो उम्मेदवारी हो। 

उनले भने, ‘जो चै जनताबाट बहिष्कृत छ, तिरस्कृत छ । जसलाई जनताले इच्छा गरेकै छैन । चाहेकै छैन, त्यस्तालाई पार्टीले उम्मेदवार दिएपछि त्यस्ता व्यक्तिका विरुद्ध आफ्नो उम्मेदवारी दिएको उनले बताए। 

कटवालले पार्टीको माया भन्दा पनि जनता र धरानको विकासप्रति माया भएकोले स्वतन्त्र उम्मेदवारी दिएको प्रतिक्रिया दिए । पार्टीले देश र जनताको लागि केही गर्न नसक्ने आफुले बुझेको कटवालको जिकिर थियो । स्वतन्त्र रुपमा उम्मेदवारी दिएर विजयी हुँदा स्वतन्त्ररुपमा काम गर्न पाइने बुझेर नै उम्मेदवारी दिएको बताए।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...