News Portal

धरानमा गठबन्धनले मेयरमा किशोर राई, उपमेयरमा अइन्द्र बिक्रम बेघालाई उम्मेदवारी

हिमालीसंचार संवाददाता
२९३ पटक

धरान – सत्तारुढ गठबन्धनले धरान उपमहानगरपालिका धरानको मेयरमा किशोर राई र उपमेयरमा अइन्द्र बिक्रम बेघालाई उम्मेदवारी बनाउने निर्णय गर्दै मनोनयन दर्तागर्ने अन्तिम दिन आज धरान उपमहानगरपालिका धरानको मेयर र उपमेयरको टुंगो लगाएको हो।

नेपाली कांग्रेसबाट सिफारिसमा परेका राई संस्थापन पक्षका जिल्ला सदस्य, धरानको पुर्वनगर सभापति र अखिल नेपाल फुटबल संघ प्रदेश १ नं. को अध्यक्ष समेत छन्। मेयरका लागि प्रदेश १ महामन्त्री उमेश थापा, मेयर तिलक राई र क्षेत्रीय सभापति सुजेन्द्र तामाङको नाम केन्द्रमा सिफारिस गरेको थियो । केन्द्रले भने प्रदेशलाई नै निर्णय गर्ने अधिकार दिएपछि हिजोदेखि निरन्तर छलफल गरेका प्रदेशले अन्तिम समयमा राईलाई सिफारिस गरेको हो। 

उपमेयरमा नेकपा माओवादी केन्द्रले अइन्द्र बिक्रम बेघालाई उम्मेदवार पनाउने निर्णय गरेको छ । गठबन्धनको भागवण्डामा धरानको मेयर कांग्रेसले पाउने भएपछि आज उम्मेदवारीको अन्तिम दिन माओवादी केन्द्रले बेघालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रका धरान अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले बेघाले टिकट पाएको पुष्टि गरे । उम्मेदवारको लामो रस्साकस्सीबीच बेघाले उपमेयरको टिकट पाएका हुन् । 

नेकपा माओवादी केन्द्रको बहुमत सदस्यहरुले भने उपमेयरमा फोक्वाहाङ सुब्बा (चोत्लुङ)लाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । आकांक्षीहरु धेरै भएपनि दर्जन बढी अन्यको नाम पनि केन्द्रमा सिफारिस भएको थियो । ती मध्ये बेघाले टिकट पाएका हुन् । 

बेघा विस २०७४ सालको निर्वाचनमा पनी नेकपा माओवादी केन्द्रबाट धरान उपमहानगरपालिका धरानको मेयरमा उठेका थिए । त्यसबेला उनी तेस्रो हुदै पराजीत भएका थिए । 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...