News Portal

  • ताप्लेजुङका नेपाली काग्रेस असन्तुष्ट समुहले पार्टी भित्रै बसेर अन्तरसंर्घष गर्ने

    हिमालीसंचार संवाददाता
    ३४७ पटक

    ताप्लेजुङ – ताप्लेजुङ जिल्लामा नेतृत्वले समिकरण र टिकट वितरण गर्दा कार्यकर्ताको भावना विपरित र संगठन नै तहसनहस वनाउने गरी गरेको भन्दै काग्रेस जिल्ला कार्य समितिका पूर्व सभापति लगायतको असन्तुष्ट समुहले सच्याउन माग गर्दै  असन्तुष्ट समुहले पार्टी भित्रै बसेर संर्घष गर्ने भएका छन् ।

    मनोनयन दर्ताको दिन विहान सदरमुकाम फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकर्तालाई नछोड्न र पार्टीमै बसेर अन्तसंघर्ष गर्नपनि अनुरोध गरेका छन। पार्टीका पूर्व उपसभापति मणी लावुङ लिम्वू र फक्ताङलुङ गाउ‘पालिका सभापति भद्र वोखिम लगायतले एमाले प्रवेश गरेपछि पत्रकार सम्मेलन गरिएको हो । 

    टिकट विरणमापनि एकलौटी गरिएको र प्रदेश सदस्य तथा एक नम्वर प्रदेशका उद्योग श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङगामले हस्तक्षेप गरेको आरोप लगाएको छ । टिकटको विषयमा छलफल हु‘दा महिला समावेसिताको कुरा उठाएको र ‘महिला सहिला हैन निस्केर जा’ भनेर आफुमाथी अपशब्द प्रयोग गरेको पुर्व सभापति लिलादेवी वोखिमले दावी गरिन । 

    पार्टीले टिकट वितरण गर्दा आठराई त्रिबेणी गाउ‘पालिका वाहेक सबै पालिका प्रमुख संस्थापन समुह समर्थकलाई दिइएको छ । मेरिङदेनका डम्वर हाङगाम, मिक्वाखोलाका भक्त कार्कि, सिदिङवाका प्रदिप राई, सिरिजंगाका लालकृष्ण चौहान र पाथीभरा याङवरकका राम थेवे संस्थापन समुहका हुन । आठराई त्रिबेणीका बिश्वनाथ सिटौलामात्रै इतर समुहका परेका छन । सिरिजंगामा भएको मतदानमा क्षेत्रीय सभापति समेत रहेका लक्ष्मी प्रसाद भट्टराईले धेरै मत ल्याएका थिए । 

    फुङलिङ नगर कार्य समितिले भने मतदान प्रकृयावाट अमिर मादेन र सुरेश सिंघकको नाम सिफारिस गरेको थियो ।  प्रदेश कार्य समितिले मादेनको नाम अनुमोदन गरेको छ । मादेन र सिंघक दुवै एकै समुहका हुन । समिकरणको क्रममा फक्ताङलुङ र मैवाखोला गाउ‘पालिका माओवादीको भागमा परेको छ । भद्र वोखिमलाई फक्तालुङ काग्रेसले सर्वसम्मत अध्यक्षको उम्मेद्धार चयन गरेको थियो । समिकरणको निर्णयप्रती असन्तुष्टि जनाउ‘दै उनिहरुले पार्टी छोडेका हुन । 

    असन्तुष्ट समुहले आफ्ना उम्मेदवार विजयी गराउन पार्टी नेतृत्वले समन्वय नगरेको, कार्यकर्ता पलायनको अवस्थालाई नजर अन्दाज गरिएको, पार्टीमा अवाञ्छित कार्य गर्नेलाई संरक्षण गरिएको अनुगमनको मात्रै अधिकार भएका प्रदेश सदस्य हावी भएको जस्ता गुनासा असन्तुष्ट पक्षको छ । उनिहरुले उम्मेदवारको विषयमा पुनर्बिचार गर्नपनि माग गरेका छन । काग्रेसले समिकरणको क्रममा दुई पालिका अध्यक्ष र ६१ मध्ये २१ वडाध्यक्ष छोडेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनआरएनए एनसीसी कुवेतमा एकता असम्भव: श्रमिकमाथि अन्याय, तस्करको चलखेल !

    https://himalisanchar.com/archives/73266

    (धीरेन्द्रराज सुवेदी, निवर्तमान अध्यक्ष एनसीसी कुवेत।) कुवेत, असार ३१ — गैरआवासीय नेपाली संघ (एनआरएनए) एउटा...

    मिडिया हाउसको छायाँमा नक्कली नोट र अफिम कारोबार, पाँचजना समातिए

    सुर्खेत, असार ३१ — सुर्खेतमा मिडिया हाउसको आवरणमै नक्कली नोट छपाइ र लागुऔषध अफिमको कारोबार...

    इजरायलबाट फर्किएपछि पूर्वपतिको क्रोध : प्यूठानमा श्रीमतीको हत्या, दुई नाबालकको बिचल्ली

    प्यूठान, असार ३१ – परदेश कमाइ गरेर तीन वर्षपछि घर फर्किएका प्यूठानका एक युवकले आफ्नै...

    धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला, सार्वजनिक विदामा पनि चढ्न पाइने

    काठमाडौं, असार ३१ – साउन १ गतेदेखि धरहरा अवलोकन गर्न चाहनेका लागि अब समय र...

    नेपालमा लगानीकर्तालाई सहज वातावरण दिनु सरकारले सुनिश्चित गर्नुपर्छ : देउवा

    काठमाडौं, असार ३१ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा स्वदेशी तथा विदेशी...