News Portal

धरानको मेयरमा जसपाबाट ताजुब लिम्बु, उपमेयरमा विनाकुमारी राई

हिमालीसंचार संवाददाता
२२२ पटक

धरान – सत्ता रुढतलको गठबन्धनबाट अलग्गिएको जनता समाजवादी पार्टी (जसपा) ले धरानको मेयरमा ताजुब लिम्बु र उपमेयरमा विनाकुमारी राईलाई उम्मेदवारी तय गरेको छ ।

जसपाले मेयरमा ताजुब लिम्बुलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ भने उपमेयरमा विना कुमारी राई (पुमा)लाई उम्मेदवार बनाउने भएको हो । मेयरका उम्मेद्वार लिम्बु जसपाको धरान उपमहानगर कमिटी अध्यक्ष हुन् । उपमेयरकी उम्मेदवार राई पार्टीको वरिष्ठ उपाध्यक्ष रहेकी छिन् । 

अध्यक्ष एवं मेयरका उम्मेदवार लिम्बुले जसपा गठबन्धनबाट अलग भएको कारण मेयर, उम्मेदवार र वडामा पनि उम्मेद्वारी दिने निर्णय भएको हिमालीसंचारडटकमसंग बताए । उनले भने,‘हामी चुनावी गठबन्धनमा छैनौ, त्यसैले मेयर, उपमेयर र वडामा पनि उम्मेदवारी दिन्छौ ।’ आज सोमबार दिउँसो १ बजे उम्मेद्वारी मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा जाने पनि उनले बताए । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...