News Portal

एमालेबाट विराटनगरको मेयरका लागि पण्डित सहित अन्य ३ जना आकांक्षी थपिए

हिमालीसंचार संवाददाता
२६७ पटक

विराटनगर – नेकपा एमालेले उम्मेद्वार टुंग्याउन बाँकी रहेको विराटनगर महानगरपालिका विराटनगरमा अन्य आकांक्षी नेताहरु थपिएका छन् । महानगर कमिटीले पाँच जनाको नाम पठाएको थियो ।

विराटनगर महानगरपालिकामा हेभिवेट नेता भएका उम्मेदवार बन्नुपर्ने पार्टी नेताहरुको सुझावपछि सम्भावित उम्मेदवारका रुपमा नेताहरुको नाम थपिएको एक नेताले बताए । उच्च श्रोतका अनुसार, पूर्वमन्त्री लालबाबु पण्डित, पूर्व प्रदेशमन्त्री जीवन घिमिरे र गुरु बरालको नाम थपिएको छ ।

विराटनगर महानगर कमिटीले भने यी नेताहरुको नाम बाहेक पाँच जनाको नाम सिफारिस गरेको छ । महानगरका अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, मोरङ उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम केन्द्रीय कमिटीमा पठाइएको छ ।

गत शनिबार बसेको सचिवालय बैठकले ५ महानगरको उम्मेद्वार टुंग्याएपनि थप अध्ययन आवश्यक रहेको भन्दै विराटनगर महानगरको उम्मदवारबारे निर्णय गरेको थिएन । नेताहरुको परामर्शमा अध्यक्ष केपी शर्मा ओलीले विराटनगर महानगरको उम्मेद्वार टुंग्याउने छन्। 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...