News Portal

एमालेबाट विराटनगरको मेयरका लागि पण्डित सहित अन्य ३ जना आकांक्षी थपिए

हिमालीसंचार संवाददाता
२१९ पटक

विराटनगर – नेकपा एमालेले उम्मेद्वार टुंग्याउन बाँकी रहेको विराटनगर महानगरपालिका विराटनगरमा अन्य आकांक्षी नेताहरु थपिएका छन् । महानगर कमिटीले पाँच जनाको नाम पठाएको थियो ।

विराटनगर महानगरपालिकामा हेभिवेट नेता भएका उम्मेदवार बन्नुपर्ने पार्टी नेताहरुको सुझावपछि सम्भावित उम्मेदवारका रुपमा नेताहरुको नाम थपिएको एक नेताले बताए । उच्च श्रोतका अनुसार, पूर्वमन्त्री लालबाबु पण्डित, पूर्व प्रदेशमन्त्री जीवन घिमिरे र गुरु बरालको नाम थपिएको छ ।

विराटनगर महानगर कमिटीले भने यी नेताहरुको नाम बाहेक पाँच जनाको नाम सिफारिस गरेको छ । महानगरका अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, मोरङ उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम केन्द्रीय कमिटीमा पठाइएको छ ।

गत शनिबार बसेको सचिवालय बैठकले ५ महानगरको उम्मेद्वार टुंग्याएपनि थप अध्ययन आवश्यक रहेको भन्दै विराटनगर महानगरको उम्मदवारबारे निर्णय गरेको थिएन । नेताहरुको परामर्शमा अध्यक्ष केपी शर्मा ओलीले विराटनगर महानगरको उम्मेद्वार टुंग्याउने छन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...