News Portal

कांग्रेसका महानगरका उम्मेदवार छान्ने जिम्मा सभापति देउवालाई

हिमालीसंचार संवाददाता
१९३ पटक

काठमाडौं – नेपाली कांग्रेसले महानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवार छान्ने अन्तिम जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाले केन्द्रीय संसदीय समिति गठन गर्ने प्रस्ताव गरेका थिए । विधानअनुसार पार्टी सभापति नै संसदीय समितिको सभापति र महामन्त्री संसदीय समितिको पनि महामन्त्री हुन्छन् ।

त्यसबाहेक सभापतिले बढीमा ११ जना सदस्यलाई मनोनीत गर्न पाउँछन् । तर, सभापति देउवाले केन्द्रीय संसदीय समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममात्रै मनोनयनका लागि प्रस्ताव गरेका थिए । 

लगत्तै केन्द्रीय संसदीय समितिको बैठक बसेको थियो । बैठकले ६ वटा महानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा पार्टीका उम्मेदवार छान्ने जिम्मा सभापति देउवालाई दिएको छ । सहमहामन्त्री जीवन परियारले संसदीय समितिको बैठकले उम्मेदवार छान्ने जिम्मा सभापति देउवालाई दिएको जानकारी दिए । विधानअनुसार संसदीय समितिले उम्मेदवारको टुंगो लगाएर केन्द्रीय समितिबाट अनुमोदन गराउनुपर्ने व्यवस्था छ ।

सभापति देउवाले तीन दिनदेखि उम्मेदवार छान्ने विषयमा शीर्ष नेताहरूसँग छलफल गर्दै आएका थिए । तर, आइतबारसम्म पनि त्यसको टुंगो लागेको छैन । उम्मेदवार चयनबारे पार्टीभित्र सर्वसहमति नहुने भएपछि संसदीय समितिले सभापति देउवालाई अधिकार दिएको हो । अब सभापति देउवाले नेताहरूसँग परामर्श गरेर उम्मेदवारको टुंगो लगाउने र मनोनयन पत्र दिने तयारी छ ।

स्थानीय तह निर्वाचनका लागि आइतबार देखि नै उम्मेदवारको मनोनयन सुरु भइसकेको छ । सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेल हुँदा काग्रेस काठमाडौं, ललितपुर र विराटनगरको प्रमुख तथा भरतपुर, वीरगन्ज र पोखरा महानगरपालिकाको उपप्रमुख पद पाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...