News Portal

कांग्रेसका महानगरका उम्मेदवार छान्ने जिम्मा सभापति देउवालाई

हिमालीसंचार संवाददाता
२४५ पटक

काठमाडौं – नेपाली कांग्रेसले महानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवार छान्ने अन्तिम जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाले केन्द्रीय संसदीय समिति गठन गर्ने प्रस्ताव गरेका थिए । विधानअनुसार पार्टी सभापति नै संसदीय समितिको सभापति र महामन्त्री संसदीय समितिको पनि महामन्त्री हुन्छन् ।

त्यसबाहेक सभापतिले बढीमा ११ जना सदस्यलाई मनोनीत गर्न पाउँछन् । तर, सभापति देउवाले केन्द्रीय संसदीय समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममात्रै मनोनयनका लागि प्रस्ताव गरेका थिए । 

लगत्तै केन्द्रीय संसदीय समितिको बैठक बसेको थियो । बैठकले ६ वटा महानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा पार्टीका उम्मेदवार छान्ने जिम्मा सभापति देउवालाई दिएको छ । सहमहामन्त्री जीवन परियारले संसदीय समितिको बैठकले उम्मेदवार छान्ने जिम्मा सभापति देउवालाई दिएको जानकारी दिए । विधानअनुसार संसदीय समितिले उम्मेदवारको टुंगो लगाएर केन्द्रीय समितिबाट अनुमोदन गराउनुपर्ने व्यवस्था छ ।

सभापति देउवाले तीन दिनदेखि उम्मेदवार छान्ने विषयमा शीर्ष नेताहरूसँग छलफल गर्दै आएका थिए । तर, आइतबारसम्म पनि त्यसको टुंगो लागेको छैन । उम्मेदवार चयनबारे पार्टीभित्र सर्वसहमति नहुने भएपछि संसदीय समितिले सभापति देउवालाई अधिकार दिएको हो । अब सभापति देउवाले नेताहरूसँग परामर्श गरेर उम्मेदवारको टुंगो लगाउने र मनोनयन पत्र दिने तयारी छ ।

स्थानीय तह निर्वाचनका लागि आइतबार देखि नै उम्मेदवारको मनोनयन सुरु भइसकेको छ । सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेल हुँदा काग्रेस काठमाडौं, ललितपुर र विराटनगरको प्रमुख तथा भरतपुर, वीरगन्ज र पोखरा महानगरपालिकाको उपप्रमुख पद पाएको छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...