News Portal

कांग्रेसको असन्तुष्ट समूहबाट भरतपुरको मेयरमा जगन्नाथ पौडेलको उम्मेदवारी घोषणा

हिमालीसंचार संवाददाता
२२६ पटक

भरतपुर – पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

जिल्ला पार्टी कार्यालयमा भएको कांग्रेसका असन्तुष्ट कार्यकर्ताको भेलामा पौडेलले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनलाई उम्मेदवार बन्न महासमिति सदस्य मीना खरेलले प्रस्ताव र पूर्वसांसद भीमबहादुर श्रेष्ठले समर्थन गरेका छन्। पौडेलले भोलि मनोनयन दर्ता गर्ने बताए।

भरतपुर महानगरको मेयर पद माओवादी केन्द्रलाई दिने निर्णय गठबन्धनमा भएपछि जिल्लाका नेता कार्यकर्ताहरुले विरोध गर्दै आएका छन्। गठबन्धनबाट माओवादीकी रेनु दाहाल भरतपुरको मेयरको उम्मेदवार बन्दै छिन्।

कांग्रेसको जिल्ला समिति भने सबै स्थानीय तहमा वडा सदस्यसम्मै तालमेल गर्नेगरी सक्रिय भएको छ। भरतपुरको मेयर पदमा अहिलेसम्म ९ जना र उपमेयरमा २ जनाको उम्मेदवारी दर्ता भएको छ।

प्रतिकृया दिनुहोस्

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...

आज २०८२ साल चैत २३ गतेको राशिफल

आज चैत २३, २०८२ ( अप्रिल ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...