News Portal

नेकपा एमालेले धरानको मेयरमा भण्डारी र इटहरीको मेयरमा सुब्बालाई उम्मेदवार बनायो

हिमालीसंचार संवाददाता
२७६ पटक

धरान – नेकपा एमालेले धरान उपमहानगरपालिका धरानको मेयर पदमा मञ्जु भण्डारी र उपमेयर पदमा पदम लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै, इटहरी उपमहानगरपालिका इटहरीको मेयर पदमा याम सुब्बा र उपमेयर पदमा संगीता चौधरीलाई उपमेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

धरानकी मेयर पदका उम्मेदवार भण्डारी एमाले केन्द्रीय सदस्य हुन् भने हाल धरानकी उपमेयर पनि हुन् । उपमेयरका उम्मेदवार इस्वो जिल्ला कमिटी सदस्य हुन् ।

त्यस्तै, इटहरी मेयर पदका उम्मेदवार सुब्बा एमाले इटहरी उपमहानगरपालिका इहरीका अधक्ष्य हुन्। उपमेयर पदका उम्मेदवार चौधरी अ.ने.म. संघ इटहरीका सहसचिव  हुन् । 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...