News Portal

  • चन्द्रागिरिका वडाअध्यक्ष साडी बाँड्दै, आयोग भन्छ – तत्काल रोक्न भन्छौं

    हिमालीसंचार संवाददाता
    ३७९ पटक

    काठमाडौँ। चन्द्रागिरि नगरपालिकाको एक वडाले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचारसंहिता उल्लंघन गरेको छ। चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ ले आचारसंहिता उल्लंघन गर्दै शनिबार महिलाहरूलाई साडी बाँड्न लागेको हो।

    शुक्रबार वडाध्यक्ष सन्तोष खड्काले हस्ताक्षर गरेको एक सूचनामा महिलाहरूलाई शनिबार दिउँसो २ बजे साडी बाँड्न लागेको उल्लेख गरिएको छ। 

    ‘वडा कार्यालयमा साडी पाऊँ भनी आवेदन दिनुभएका दिदी बहिनीहरूले तपसिलको मिति, समय र स्थानमा साडी बाँड्ने कार्यक्रम रहेकोले वडा कार्यालयमा आई साडी बुझिलिनु हुन अनुरोध छ,’ वडाध्यक्ष खड्काले जारी गरेको सूचनामा उल्लेख छ।

    यसबारे वडा सदस्य सविना राउतले साडी बाँड्ने कार्यक्रम राखिएको पुष्टि गरेकी छन्। यसबारे हिजो नै जानकारी गराएको तर आफू भने उपस्थित हुन नसकेको उनले बताइन्। उनका अनुसार २८ वटा समूहका महिलाहलाई ७०० बढी साडी बाँड्न लागेको हो।

    ‘प्रत्येक आमा समूहको दिदी बहिनीहरूलाई आज बाँड्दैछन्। समूहमा म पनि छु तर म चाहि जाँदिनँ,’ उनले भनिन्, ‘हाम्रो २८ वटा समूह छ। त्यहाँ भएका महिला दिदी बहिनीहरूले पाउने हुन्। ७ सय बढी महिलाहरूले पाउँदै हुनुहुन्छ।’

    वितरण गर्न दुई सय बढी साडी एक महिनाअघि नै ल्याएको उनले बताइन्। बाँकी साडी भने पछि मात्रै ल्याएको उनले बताइन्। प्रत्येक साडी एक हजार २५० रुपैयाँका दरले किनेको उनले बताएकी छन्। 

    ‘साडी अर्डर गर्न जाँदा म पनि गएकी थिएँ। सबै साडी ल्याइसकेको छ,’ उनले भनिन्, ‘२८ वटै समूहका सदस्यहरूको नागरिकताको फोटोकपी, समूहको फाइल पनि आएको छ। वडाले नै समूहका प्रत्येक महिलालाई दिने भनेर कुरा राखेका थियौं।’

    उनका अनुसार वडाध्यक्ष खड्का यसपालि पनि वडाध्यक्षका दाबेदार हुन्। उनी २०७४ सालमा एमालेबाट निर्वाचित भएका थिए। यस्तै, यो कार्यक्रमले निर्वाचन आचारसंहिता, २०७८ ले उल्लंघन गर्ने निर्वाचन आयोगका सहसचिव यज्ञ भट्टराईले जानकारी दिए।

    ‘यो कुरा हाम्रो नोटिसमा आइसकेको छ। यसले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको छ,’ भट्टराईले भने, ‘हामी त्यसलाई तत्काल रोक्न भन्छौं।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १२ गतेको राशिफल

    आज भदौ १२, २०८२ (अगस्त २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट कृष्ण सुनार पक्राउ

    काठमाडौं, मानव बेचबिखन तथा ओसार पसार  मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत...

    वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी ५ सय नाघे

    वीरगञ्ज, भदौ ११ – वीरगञ्जमा झाडापखाला र हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर फैलिँदै गएको छ। पछिल्लो...

    प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट, अभिभावकले प्रहरीमा उजुरी

    दोलखा, भदौ ११ – दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीमाथि...

    रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपीको उपचारकै क्रममा मृत्यु

    रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै...