News Portal

नेकपा एमाले खोटाङले दश गाउँपालिका मध्ये नौं गाउँपालिकाको उम्मेद्वार टुङगो लगायो

हिमालीसंचार संवाददाता
२५३ पटक

खोटाङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले खोटाङका दशमध्ये नौ गाउँपालिकामा प्रमुख र पाँच गाउँपालिकामा उपप्रमुखको उम्मेद्वार टुङ्गो लगाएको एमाले जिल्ला कमिटी स्रोतले जानकारी दिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा कुमारप्रसाद आचार्य र उपप्रमुखमा विणादेवी राईलाई सिफारिस गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा खडेन्द्र साम्पाङ सिफारिस गरिएको छ। उपप्रमुखको उम्मेद्वार अझै तोकेको छैन।ऐंसेलुखर्क गाउँपालिकाको अध्यक्षमा गिरेन्द्रबहादुर राई र उपाध्यक्षमा पुष्पकला भुजेलको नाम सिफारिस गरिएको छ। केपिलासगढी गाउँपालिकाको अध्यक्षमा कृष्णकुमार राईको नाम सिफारिस हुँदा उपाध्यक्ष पदको उम्मेद्वारको नाम अझै आएको छैन ।

रावाबेँसी गाउँपालिकाको अध्यक्षमा हरिकुमार पोख्रेल र उपाध्यक्षमा कौशिला गुरुङको नाम सिफारिस भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्षमा लोकेन्द्र राईलाई सिफारिस गर्दा उपाध्यक्षको नाम अझै आएको छैन । खोटेहाङ गाउँपालिकाको अध्यक्षमा कविता राई र उपाध्यक्षमा राजनकुमार बञ्जाराको नाम सिफारिस गरिएको छ। जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा शंखरबहादुर राई र उपाध्यक्षमा विमला राई रहेका छन् । वराहपोखरी गाउँपालिकाको अध्यक्षमा गोमा मगरको नाम सिफारिस भएको छ। उपाध्यक्षको उम्मेद्वार टुङ्गो लाग्न बाँकी छ ।

त्यस्तै, साकेला गाउँपालिकामा भने अध्यक्ष र उपाध्यक्ष दुवै टुङ्गो लाग्न बाँकी रहेको नेकपा एमाले खोटाङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...