News Portal

नेकपा एमाले खोटाङले दश गाउँपालिका मध्ये नौं गाउँपालिकाको उम्मेद्वार टुङगो लगायो

हिमालीसंचार संवाददाता
२९० पटक

खोटाङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले खोटाङका दशमध्ये नौ गाउँपालिकामा प्रमुख र पाँच गाउँपालिकामा उपप्रमुखको उम्मेद्वार टुङ्गो लगाएको एमाले जिल्ला कमिटी स्रोतले जानकारी दिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा कुमारप्रसाद आचार्य र उपप्रमुखमा विणादेवी राईलाई सिफारिस गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा खडेन्द्र साम्पाङ सिफारिस गरिएको छ। उपप्रमुखको उम्मेद्वार अझै तोकेको छैन।ऐंसेलुखर्क गाउँपालिकाको अध्यक्षमा गिरेन्द्रबहादुर राई र उपाध्यक्षमा पुष्पकला भुजेलको नाम सिफारिस गरिएको छ। केपिलासगढी गाउँपालिकाको अध्यक्षमा कृष्णकुमार राईको नाम सिफारिस हुँदा उपाध्यक्ष पदको उम्मेद्वारको नाम अझै आएको छैन ।

रावाबेँसी गाउँपालिकाको अध्यक्षमा हरिकुमार पोख्रेल र उपाध्यक्षमा कौशिला गुरुङको नाम सिफारिस भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्षमा लोकेन्द्र राईलाई सिफारिस गर्दा उपाध्यक्षको नाम अझै आएको छैन । खोटेहाङ गाउँपालिकाको अध्यक्षमा कविता राई र उपाध्यक्षमा राजनकुमार बञ्जाराको नाम सिफारिस गरिएको छ। जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा शंखरबहादुर राई र उपाध्यक्षमा विमला राई रहेका छन् । वराहपोखरी गाउँपालिकाको अध्यक्षमा गोमा मगरको नाम सिफारिस भएको छ। उपाध्यक्षको उम्मेद्वार टुङ्गो लाग्न बाँकी छ ।

त्यस्तै, साकेला गाउँपालिकामा भने अध्यक्ष र उपाध्यक्ष दुवै टुङ्गो लाग्न बाँकी रहेको नेकपा एमाले खोटाङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...

आज २०८२ साल चैत २३ गतेको राशिफल

आज चैत २३, २०८२ ( अप्रिल ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...