News Portal

गठबन्धन सकसः कर्णालीमा गठबन्धन भित्र सकस, आज पुन: बैठक बस्दै

हिमालीसंचार संवाददाता
१९७ पटक

कर्णाली – सत्तारुढ गठबन्धनभित्रको समस्या समाधानउन्मुख हुन सकेको छैन । शुक्रवार राति १२ बजेसम्म मुख्यमन्त्री जीवनबहादुर शाहीको सरकारी निवासमा बसेको बैठकले निर्णय गर्न नसक्दा आज पुनः बैठक बस्ने सहमति भएको हो।

प्रमुख तीन राजनीतिक दल नेकपा माओवादी, एकीकृत समाजवादी र नेपाली काँग्रेसका आ–आफ्नै अडानका कारण कुरा नमिलेपछि बैठक स्थगित भएको हो। नेपाली काँग्रेस कर्णाली प्रदेश समितिका प्रवक्ता दमन शाहीका अनुसार बैठक शुक्रवार दिउँसो १ बजेदेखि बसेको भएपनी कुनै सहमति हुन सकेन । मनोनयन दर्ता गर्ने समय अब एक दिन मात्र बाँकी रहेकाले धेरैले सम्भवतः शुक्रवार सीट बाँडफाँटको टुङ्गो लाग्ने अपेक्षा गरेका थिए । तर अन्तिममा आएर नेताहरूले सीट बाँडफाँटको टुङ्गो लगाउन सकेनन् । 

बिहीबार दिउँसो र राति अबेरसम्म पनि बैठक चलेको थियो । यद्यपि यी कुनै पनि बैठकमा गठबन्धनभित्रका दल राष्ट्रिय जनमोर्चा र जनता समाजवादीलाई सहभागी गराइएको छैन । ‘मुख्य कुरा तीन दलका बीचमै अड्किएकाले साना दललाई सहभागी नगराइएको हो,’ प्रवक्ता शाहीले भने,‘ तीन दलका बीचका कुरा मिलेको खण्डमा पाँचै दलको संयुक्त बैठक बस्छ ।’ शाहीले शनिबार दिउँसो पनि पुनः बैठक बस्ने जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...