News Portal

  • एमालेले दिक्तेल रुपाकोट मझुवागढी नगरमा मेयरमा आचार्य र उपमेयरमा राई सर्वसम्मत चयन

    हिमालीसंचार संवाददाता
    २६२ पटक

    खोटाङ – नेकपा एमालेले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर पदका लागि कुमार आचार्य र उपमेयर पदको उम्मेदवारका लागि विणादेवी राईलाई नेकपा एमालेले सर्वसम्मत चयन गरेको छ ।

    नेकपा एमाले दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीको बैठकले सर्वसम्मत निर्णय गर्दै जिल्ला कमिटी खोटाङलाई सिफारिस गरेको हो । नगर कमिटीको निर्णय अनुमोदन गर्दै जिल्ला कमिटीले समेत प्रदेश कमिटीलाई सोही नाम सर्वसम्मत सिफारिस गरेको छ ।

    जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीले टिकट दिने निर्णय गर्ने छ । यस नगरमा सर्वसम्मत उम्मेदवार चयन गर्नका लागि नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज विशाल भट्टराईको नेतृत्वमा १३ सदस्यीय कार्यदल गठन गरेको थियो । 

    कार्यदलमा केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य खगेन्द्र राई, केन्द्रीय सदस्य रमेश पौडेल, अनुशासन आयोगका सचिवालय सदस्य कर्ण घले, प्रदेश सचिवालय सदस्य पाँचकर्ण राई, प्रदेश सचिवालय सदस्य हरि पोखरेल, प्रदेश सचिवालय सदस्य इन्द्र दंगाल, एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, उपाध्यक्ष देवविक्रम राई, सचिव कुमार आचार्य, उपसचिव दिपनारायण रिजाल र उपसचिव सुरेन्द्र राई समेत थिए ।

    कार्यदलको सिफारिसमा जिल्ला कमिटीले निर्णय गरेर सर्वसम्मत उम्मेदवारको नामावली प्रदेश कमिटीमा पठाएको केन्द्रीय सदस्य रमेश पौडेलले जानकारी दिए । मेयर पदमा सर्वसम्मत उम्मेदवार चयन आचार्य जिल्लाको प्रतिष्ठित राजनीतिज्ञ हुन् । जिल्ला कमिटी सचिव समेत रहेका आचार्य यसअघिको चुनावका लागि समेत मेयर पदको दावेदार थिए । 

    जिल्लाको पुरानो सक्रिय नेताको रुपमा परिचित आचार्य मेयर पदमा उम्मेदवार बन्दा एमालेले जित हासिल गर्ने आँकलन गरिएको छ । उपमेयर विणादेवी राई अहिलेको वहालवाला उपमेयर हुन् । पहिलो कार्यकालमा विकासप्रेमी नेतृको रुपमा पहिचान बनाएकाले एमालेले उहाँलाई नै उपमेयरको रुपमा दोहो¥याउने निर्णय गरेको हो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...

    पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

    काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण...