News Portal

धरानमा नेकपा एमालेको जम्बो निर्वाचन परिचालन कमिटी धोषणा

पाटीले ११ हजार २८६ सदस्यीय परिचालन कमिटी

हिमालीसंचार संवाददाता
१९२ पटक

धरान – आगामी बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेद्वारलाई विजयी गराउनता लागि नेकपा एमालेले धरानमा आज ११ हजार २८६ जनाको निर्वाचन परिचालन मुल कमिटी घोषणा गरेको छ ।

एमालेले आज शुक्रबार धरान-१५ स्थित चुम्लुङ हिममा कार्यक्रम गर्दै मुरारी सुवेदीको संयोजकत्वमा एमालेले जम्बो निर्वाचन परिचालन मुल कमिटी घोषणा गरेको हो। सहसंयोजक मनोजकुमार मेन्याङ्बो, विजय राई, रमेशकुमार बस्नेत, जयकुमार राई, प्रकाश राई र रामकुमार आङ्बोहाङ रहेका छन्। त्यस्तै, , कमिटीको सदस्य सचिवमा नारायण सुवेदी र हर्कजंग एभेङ समेत रहेका छन् । 

एमाले धरानका अध्यक्षसमेत रहेका निर्वाचन परिचालन मुल कमिटीका सदस्य सचिव एभेङका अनुसार कमिटीमा धरानभित्र रहेका प्रदेश कमिटीका ३२ जना र जिल्ला कमिटीका ३० जना सदस्यहरु सबै रहेका छन् भने धरान उपमहानगर कमिटीका सबै २८५ जनालाई पनि राखिएको छ । 

यस्तै, धरान नगरभित्र रहेका जिल्ला विभाग र जिल्ला सल्लाहकार सबै जना रहने गरि १ सय ५० जना पनि मुल कमिटीमा राखिएको छ ।

जनसंगठन धरान नगर कमिटी र नगर भित्रका सबैलाई मुल कमिटीमा समेटिएको अध्यक्ष एभेङले जानकारी दिए । वडा कमिटी र शाखा कमिटीका सबै जना र टोल कमिटीका सबै जनलाई समावेश गरिएको पनि उनले बताए । 

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...