News Portal

किरात जनवादी वर्कर्सका मुद्धा फिर्ता प्रक्रिया शुरु

हिमालीसंचार संवाददाता
२३१ पटक

काठमाडौं – नेपाल सरकार गृह मन्त्रालयले किरात जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरू गरेको छ। सरकारले विभिन्न आरोपमा पक्राउ गरेका नेता, कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरू गरेको हो।

राष्ट्रिय राजनीतिको मूल धारमा आउने र स्थानीय तहका निर्वाचनमा भाग लिने बताएपछि सो पार्टीका नेता कार्यकर्ता रिहाइ प्रक्रिया सुरू गरेको गृह मन्त्रालयका प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलले जानकारी दिए। मन्त्रालयले कानून अनुरूप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने बताएको छ। 

मूलधारको राजनीतिभन्दा बाहिर रहेका शक्तिबीच वार्ता गर्न गठित प्रारम्भिक वार्ता उपसमितिबीच २०७१ साउन ११ गते चियाबारी कटेजमा वार्ता सम्पन्न भएको थियो। वार्तापछि किरात वर्कर्स पार्टीका तर्फबाट संयोजक साङकेन्मा किराती र प्रारम्भिक वार्ता उपसमितिको तर्फबाट संयोजक आनन्दप्रसाद ढुंगानाले हस्ताक्षर गरेका  थिए। 

गृह मन्त्रालय स्रोतका अनुसार विभिन्न आरोपमा पक्राउ परेका दर्जन नेता, कार्यकर्ता थुनामा छन्। कानून अनुरूप मिल्ने मुद्दा फिर्ता लिने र नेता कार्यकर्ता रिहाइ प्रक्रिया सुरू भएको हो। सो पार्टीले पूर्वी नेपालमा आफ्ना क्रियाकलाप गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...