News Portal

कारबाही गरेर देखाउ दम छ?भाेट रुखमा नै हाल्ने

हिमालीसंचार संवाददाता
२८६ पटक

धादिङ आरसी पुलामी मगर- आशन्न स्थानिय तह निर्वाचनमा गठबन्धनले बडो चर्चा पाएको छ। पाँचदलिय गठबन्धन भन्दै नेपाली काङ्ग्रेसले केन्द्रबाट उर्दि जारी गरिसकेको छ। केन्द्रिय नेताहरुको विभिन्न भनाईहरु बाहिर आइरहेको छ। यसै बिचमा कतिपय स्थानिय तहमा केन्द्रको उर्दि बिपरित निर्णय भएर गठबन्धन नमानेको बिषयमा केन्द्रले कारबाही गर्ने जस्ता धम्किपुर्ण कुराहरु आईरहदा मेरा पनि केही कुरा राख्न मन लाग्यो।

हिजो बाउबाजे काङ्ग्रेस भएको कारण काङ्ग्रेस बनेको होइन। हिजो काङ्ग्रेसले मानो भर्दिएर जागिर दिएर दुनो सोझ्याइदिएर काङ्ग्रेस बनेको हुँदैहुदै। धेरै  थोरै सिद्धान्त पढेर अनि बुझेर काङ्ग्रेस बनियो। जन्म जात काङ्ग्रेस होइन म किन कि साधारण किसान परिवारको छोरो जसको बाबुलाइ पार्टी भन्दा बिहान बेलुकाको छाकटार्नेको चिन्ता हुन्थ्यो तर जब केही बुझ्ने र जान्ने भए म काङ्ग्रेस भएर निस्किए। न हिजो केही आशा थियो।

न आज छ न भोलि नै आशा राख्नेछु मेरो ब्यक्तिगत रुपमा आशा राख्दछु त प्रजातन्त्रको रक्षा, अनि काङ्ग्रेसको प्रगती, काङ्ग्रेसले देश र जनताको सेवा झोले पनि भइएन। झाम्टे पनि भइएन सिद्धान्तले बनेको म काङ्ग्रेसले कम्निस्टको हसिया हतौडा र कलममा भोट हालेन भनेर मलाहई कारबाही गरिन्छ भने कस्तो कारवाही हुन्छ। मेरो भोट मेरो परिवारको भोट अनि मैले भनसुन गरेर हुनि भोट सात छाप नै रुखमा हाल्छु र हाल्न लगाउछु के कारबाही गर्नी हो गरी देखाउ तर कम्निस्टलाई भोट हालिन्न र हाल्न पनि लगाइन्न।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...