News Portal

मेयर उम्मेदवारका लागि नेपाल सरकारको उपसचिवबाट राजीनामा

हिमालीसंचार संवाददाता
२५९ पटक

काठमाडौं – नेपाल सरकारका उपसचिव विष्णुप्रसाद भुसालले पूर्वीनवलपरासी देवचुली नगरपालिकाको मेयर पदको उम्मेदवार बन्नका लागि उपसचिव पदबाट राजीनामा दिएका छन्। हाल संघीय मन्त्रालयमा कार्यरत भुसालले शुक्रबार आफूले उपसचिवबाट राजीनामा दिएको जानकारी दिए ।

‘देवचुलीका साथीहरूको आग्रहअनुसार राजीनामा दिएर जिल्ला हिँडें‚’ भुसालले भने‚ ‘देवचुलीलाई आउँदो ५ वर्षमा सबैले हेर्न लायक बनाउने अथक प्रयास गर्ने छु । मैले करिब २५ वर्षको जागिरे जीवनको अनुभवबाट देवचुलीको काँचुली फेर्न भित्र मनदेखि नै इमान्दार प्रयास गर्ने छु ।’

देवचुली नगरपालिकाको स्थायी बासिन्दा भुसालले नेपाली कांग्रेसबाट उम्मेदवार दिने इच्छा राखेका छन् । उनी यसअघि त्यही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए । उनी कुशल प्रशासक र राम्रो छवि भएका मानिन्छन् । स्थानीय मतदाताको आग्रहअनुसार आफूले राजीनामा दिएर पार्टी राजनीतिमा आएको सुनाए । 

उनलाई जिल्ला पार्टी सभापति महेन्द्रध्वज जीसी र नेपाली कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछाने र अर्का नेता डा. शशांक कोइरालाले राजनीतिमा आउन ग्रिन सिग्लन दिएका कारण राजनीतिमा होमिएको गाउँमा चर्चा छ ।

देवचुली नगरपालिकामा यसअघिको निर्वाचनमा पनि मेयरसहित बहुमतले नेपाली कांग्रेसले नै जितेको हो । विस २०५५ सालअघि उनी साविकको देवचुली गाउँ कमिटीको नेपाली कांग्रेस सभापति थिए । पछि लोकसेवा पास गरेर निजामतीमा प्रवेश गरेका हुन् 

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...