News Portal

पाँचथर जिल्लामा सत्तारुढ गठबन्धनले सहमति जुटायो

हिमालीसंचार संवाददाता
२६५ पटक

सिमोन भट्टराई/पाँचथर – पाँचथर जिल्लाका आठमध्ये सातवटा स्थानीय तहको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वारलाई सघाउन गणबन्धनका चार दल सहमत भएसंगै पाँचथर गठबन्धनमा सहमति जुटाएका छन् ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी समाजवादीका जिल्ला नेतृत्वबीच पटकपटक भएका छलफलले फिदिम नगरपालिकासहित याङवरक, हिलिहाङ, फालेलुङ, कुम्मायक, फाल्गुनन्द र तुम्वेवा गाउँपालिकाको अध्यक्षमा कांग्रेसले उम्मेद्वारी दिनेमा सहमति भएको हो ।

जिल्लाको मिक्लाजुङ गाउँपालिकामा भने नेकपा माओवादी केन्द्रका उम्मेद्वारलाई सघाउन दलहरुबीच सहमति भएको नेपाली कांग्रेस जिल्ला सभापति रुपनारायण जवेगुले हिमालीसंचारडटकमलाई जानकारी दिए । उनका अनुसार नेकपा माओवादी केन्द्रले मिक्लाजुङ गाउँपालिका अध्यक्षसहित फिदिम नगरपालिकाको उपमेयरसँगै तुम्बेवा, फाल्गुनन्द, याङवरक र फालेलुङ गाउँपालिका उपाध्यक्ष पदमा उम्मेद्वारी दिनेछन् ।

यस्तै नेकपा एसले हिलिहाङ र कुम्मायक उपाध्यक्षसहित ८ वटा वडा अध्यक्ष पाउने गरी सहमति जुटेको छ । जिल्लाका ६० मध्ये नेपाली कांग्रेसले ३६ वडा, नेकपा माओवादी १५ र नेकपा एसले ८ वटा वडामा उम्मेद्वारी दिनेगरी सहमति जुटाएका हुन् ।

पाँचथरका स्थानीय जिल्ला सत्ता साझेदार जनता समाजवादी पार्टी भने गठबन्धनबाट बाहिरिएको छ । कुनैपनि दलसँग तालमेल नगरी एक्लै उम्मेद्वारी दिएर अगाडि बढ्ने वा नेकपा एमालेसँग सहकार्य गर्ने भन्ने विषयमा छलफल भइरहेको जिल्ला अध्यक्ष लक्ष्मण लावतीले बताए ।

प्रतिकृया दिनुहोस्

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...

आज २०८२ साल चैत २३ गतेको राशिफल

आज चैत २३, २०८२ ( अप्रिल ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...