News Portal

पाँचथर जिल्लामा सत्तारुढ गठबन्धनले सहमति जुटायो

हिमालीसंचार संवाददाता
२३३ पटक

सिमोन भट्टराई/पाँचथर – पाँचथर जिल्लाका आठमध्ये सातवटा स्थानीय तहको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वारलाई सघाउन गणबन्धनका चार दल सहमत भएसंगै पाँचथर गठबन्धनमा सहमति जुटाएका छन् ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी समाजवादीका जिल्ला नेतृत्वबीच पटकपटक भएका छलफलले फिदिम नगरपालिकासहित याङवरक, हिलिहाङ, फालेलुङ, कुम्मायक, फाल्गुनन्द र तुम्वेवा गाउँपालिकाको अध्यक्षमा कांग्रेसले उम्मेद्वारी दिनेमा सहमति भएको हो ।

जिल्लाको मिक्लाजुङ गाउँपालिकामा भने नेकपा माओवादी केन्द्रका उम्मेद्वारलाई सघाउन दलहरुबीच सहमति भएको नेपाली कांग्रेस जिल्ला सभापति रुपनारायण जवेगुले हिमालीसंचारडटकमलाई जानकारी दिए । उनका अनुसार नेकपा माओवादी केन्द्रले मिक्लाजुङ गाउँपालिका अध्यक्षसहित फिदिम नगरपालिकाको उपमेयरसँगै तुम्बेवा, फाल्गुनन्द, याङवरक र फालेलुङ गाउँपालिका उपाध्यक्ष पदमा उम्मेद्वारी दिनेछन् ।

यस्तै नेकपा एसले हिलिहाङ र कुम्मायक उपाध्यक्षसहित ८ वटा वडा अध्यक्ष पाउने गरी सहमति जुटेको छ । जिल्लाका ६० मध्ये नेपाली कांग्रेसले ३६ वडा, नेकपा माओवादी १५ र नेकपा एसले ८ वटा वडामा उम्मेद्वारी दिनेगरी सहमति जुटाएका हुन् ।

पाँचथरका स्थानीय जिल्ला सत्ता साझेदार जनता समाजवादी पार्टी भने गठबन्धनबाट बाहिरिएको छ । कुनैपनि दलसँग तालमेल नगरी एक्लै उम्मेद्वारी दिएर अगाडि बढ्ने वा नेकपा एमालेसँग सहकार्य गर्ने भन्ने विषयमा छलफल भइरहेको जिल्ला अध्यक्ष लक्ष्मण लावतीले बताए ।

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...