News Portal

वराहक्षेत्र एमाले पार्टी अध्यक्ष पौडेलद्वारा राजीनामा

हिमालीसंचार संवाददाता
२४५ पटक

चतरा – स्थानीय तहका निर्वाचनमा पाटीको टिकट वितरणमा असन्तुष्टि जनाउँदै वराहक्षेत्र-६ का नेकपा एमालेका पाटी अध्यक्ष घनश्याम पौडेलले राजीनामा दिएका छन्।

वराहक्षेत्रका वडा कमिटीको बैठकले सिफारिस नगरेको व्यक्तिलाई पार्टीको माथिल्लो तहका नेताहरूले वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको भन्दै पाटी वडाध्यक्ष पौडेलले सामाजिक संजाल फेसबुक मार्फत हस्तलिखित राजीनामा पत्र सार्वजनिक गरेका हुन् ।

पाटीको वडा कमिटीले गरेको निर्णयलाई माथिल्लो निकायले उल्टाउन दबाब दिएको भन्दै राजीनामा दिएको बिहीबार सार्वजनिक भएको पत्रमा लेखिएको छ। पौडेलले लेखेका छन् “६ नम्बर वडा कमिटीको पूर्ण बैठकले ३ जनाको नाम सिफारिस गर्‍यो । नगरकमिटी अध्यक्षले पनि ३ जना मध्यवाट १ जना आउने हो ढुक्क हुनु होस चौथो व्यक्ति आउदैन् भनेको १४ घण्टा नबित्दै नेतृत्वले इच्छाइएको व्यक्तिलाई तपाईले स्वीकार गरेर जानू पर्छ फिर्ता लिनु होस । 

नेतृत्वले इच्छाएको व्यक्तिलाई तपाईले स्वीकार गरेर जानू पर्छ । तपाई फिर्ता लिनु होस, भन्ने कुरा आए पछि सिफारिस गरेको मध्यबाट जो आए स्वीकार गर्ने कुरा राखेपछि चौथौ व्यक्ति स्वीकार गर्न मलाई दबाब दिएका कारण देखाउदै पौडेलले राजीनामा दिएका उल्लेख गरेका छन् ।  

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...