News Portal

वराहक्षेत्र एमाले पार्टी अध्यक्ष पौडेलद्वारा राजीनामा

हिमालीसंचार संवाददाता
२७४ पटक

चतरा – स्थानीय तहका निर्वाचनमा पाटीको टिकट वितरणमा असन्तुष्टि जनाउँदै वराहक्षेत्र-६ का नेकपा एमालेका पाटी अध्यक्ष घनश्याम पौडेलले राजीनामा दिएका छन्।

वराहक्षेत्रका वडा कमिटीको बैठकले सिफारिस नगरेको व्यक्तिलाई पार्टीको माथिल्लो तहका नेताहरूले वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको भन्दै पाटी वडाध्यक्ष पौडेलले सामाजिक संजाल फेसबुक मार्फत हस्तलिखित राजीनामा पत्र सार्वजनिक गरेका हुन् ।

पाटीको वडा कमिटीले गरेको निर्णयलाई माथिल्लो निकायले उल्टाउन दबाब दिएको भन्दै राजीनामा दिएको बिहीबार सार्वजनिक भएको पत्रमा लेखिएको छ। पौडेलले लेखेका छन् “६ नम्बर वडा कमिटीको पूर्ण बैठकले ३ जनाको नाम सिफारिस गर्‍यो । नगरकमिटी अध्यक्षले पनि ३ जना मध्यवाट १ जना आउने हो ढुक्क हुनु होस चौथो व्यक्ति आउदैन् भनेको १४ घण्टा नबित्दै नेतृत्वले इच्छाइएको व्यक्तिलाई तपाईले स्वीकार गरेर जानू पर्छ फिर्ता लिनु होस । 

नेतृत्वले इच्छाएको व्यक्तिलाई तपाईले स्वीकार गरेर जानू पर्छ । तपाई फिर्ता लिनु होस, भन्ने कुरा आए पछि सिफारिस गरेको मध्यबाट जो आए स्वीकार गर्ने कुरा राखेपछि चौथौ व्यक्ति स्वीकार गर्न मलाई दबाब दिएका कारण देखाउदै पौडेलले राजीनामा दिएका उल्लेख गरेका छन् ।  

प्रतिकृया दिनुहोस्

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...

आज २०८२ साल चैत २३ गतेको राशिफल

आज चैत २३, २०८२ ( अप्रिल ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...