News Portal

काङ्ग्रेस कार्यकर्ता र शुभचिन्तक देउवाका दास होइनन्

हिमालीसंचार संवाददाता
६६१ पटक

धादिङ–  नेपालको राजनैतिक आर्थिक सामाजिक साङ्कृतिक परिवर्तन एक गर्भिलो ईतिहास बोकेको नेपालको सबै भन्दा जेठो पुरानो अनि प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेसको भर्खरै सकिएको महादिबेशनबाट नयाँ  नेतृत्व चयन गरेर एक उत्सब मनाउन नपाउदै राजनितिक पार्टिको हकमा भन्नू पर्दा अर्को महापर्व महा उत्सब शुरु भएको छ। देशमा स्थानिय चुनाबको सरगर्मी ह्वात्तै बढेको छ। यहि बिचमा सभा सम्मेलन गोष्टी अनि ती सभा सम्मेलन गोस्टी मिटिङमा एकले अर्कोलाई उछिटो काड्ने खुइल्याउने तथा आफू र आफ्नो पार्टीलाई राम्रो अनि अरु र अर्को पार्टीलाई नराम्रो भन्ने होडबाजि नै चलेको छ।

स्थानिया चुनाब जसले जनतासङ प्रत्यक्ष सरोकार राख्ने र पार्टिको जग नै स्थानिय तह भएको कारण आआफ्ना उमेदवारको जित निकाल्न सबै पार्टी तल्लिन र जुन सुकै कार्य गर्न पछि नपरेको देखिन्छ।पार्टी प्रवेस गराउने, टिकटको तालमेल मिलाउने देखि गठबन्धन गर्ने सम्मको हर्कतहरु राम्रै सङ देखिएको पाइन्छ। गठबन्धन कै कुरा गर्दा काङ्ग्रेस र कम्निस्ट बिच अनि कम्निस्ट र मन्डले बिचको तालमेल छर्लङ्ग देख्न पाईन्छ। यसले के देखाउछ।

भने अहिलेको राजनितिक पार्टिमा पद सत्ता शक्तिको लागि सिद्धान्त एजेण्डा विधि सानो भएको आभास हुन्छ। सिद्धान्त, विधि बिधानलाई तिलान्जली दिने मध्येको पहिलो तीन ब्यक्ती हुन देउवा, दाहाल र ओलि जसले काङ्ग्रेसको सिद्धान्त बिपरित कम्निस्ट सङ र कम्निस्टको सिद्धान्त बिपरित मन्डले सङ चुनाबी गठबन्धन गरेका छन।यसले उनिहरु २/४ जनालाई त फाइदा पुग्ला तर निरन्तरमा देश र जनतालाइ भुत्लो भाङ केही हुनेवाला छैन। विभिन्न बहानामा आफ्नो फाइदाको लागि टाउको मिले पनि स्थानिय तहमा भने महानगर र उपमहानगर को सिट बाडफाड भए देखिन नै काङ्ग्रेसका स्थानिया तहबाट बडो कडा बिरोध भएको देख्न सकिन्छ।

कतै सामुहिक राजिनामा त कतै स्वतन्त्र उम्मेद्बारी अनि कतै पार्टी कार्यलय तालाबन्दी अनि सामाजिक सन्जालमा स्वर्गिया शन्ती नायक गिरिजा बाबुको मृत्यु सैयाको अन्तिम बोली शेर बहादुरको हातमा काङ्ग्रेसको नेतृत्व गए काङ्ग्रेस सकिन्छ जस्ता कुरा महानगर र उपमहानगर को सिट बाडफाड पछि काङ्ग्रेस सभापती शेर बहादुरले कति स्थानिय तह छोड्नु बाध्यता हारे के हुन्छ? तपाईलाई जिताउन जस्ता अभिव्यक्ति दिएर तल्लो स्थानिय तहलाइ मिलाउन खोजे पनि कति ठाउमा केन्द्रको कुरा पटक्कै नसुन्ने बातावरण सिर्जना भएको छ।

हिजो महादिबेशनमा शेर बहादुरलाइ सभापती बनाउन मत हाल्ने ती हात काप्दै अनि शेखरलाइ हराउदाको मन खिन्न बनाउदै तालमेल भएको स्थानिय तहबाट हामी काङ्ग्रेस हौ काङ्ग्रेस नै भएर बस्छौ काङ्ग्रेसलाई नै भोट हाल्छौ यसको मतलब शेरबहादुरलाइ काङ्ग्रेस कार्यकर्ता र शुभचिन्तक तपाइको दास होइन तपाइले जे भन्यो त्यही मान्ने भन्नी सन्देश राम्रै सङ दिएको मज्जाले अनुभव गर्न पाइन्छ।

 

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...