News Portal

गठबन्धनले धरानमा वडाको भागबन्डा पनी टुंग्यायो

हिमालीसंचार संवाददाता
५२० पटक

धरान – सुनसरीको धरान उपमहानगरपालिका धरानमा सत्ता गठबन्धनले वडाहरूको उम्मेदवारी कसले पाउने भन्ने टुंगो लगाएका छन्।

धरानमा मेयरसहित नेपाली कांग्रेसले १३ वडा, नेकपा माओवादी केन्द्रले उपमेयर सहित ४ वटा वडा, जनता समाजवादी पार्टीले २ वडा र नेकपा समाजवादीले १ वटा वडा पाउने गरी सहमति भएको छ।

धरानमा दलहरूको सहमति अनुसार नेपाली कांग्रेसले प्रमुखसहित १३ वडामा वडाध्य्क्षको उम्मेदवारी पाउने भएको छ।धरानको १,२,५,६,७,८,९,११,१२,१३,१४,१६ र १८ नम्बर वडामा कांग्रेसले अध्यक्ष पाउने भएको हो। 

त्यस्तै, नेकपा मओवादी केन्द्रले उपप्रमुखसहित ४ वटा वडामा उम्मेदवारी दिने सहमति भएको छ। धरानको वडा नं. ३, १५, १७ र २० नम्बरको अध्यक्ष उसले पाउने भएको हो।

जनता समाजवादी पार्टीले दुई वटा वडा १० र १९ पाउँदा नेकपा एकीकृत समाजवादी पार्टीले वडा नम्बर ४ को अध्यक्ष पाउनेगरि सहमति भएको छ। 

गठबन्धनका स्थानीय नेताले धरानको समग्र विकासका लागि उम्मेदवार छानिएको बताएका छन्। ‘धरानको समग्र विकास सबैको सहमतिमा गर्ने अठोटका साथ भएको यो गठबन्धनका सबै उमेद्वारलाई विजयी गराई नेपालको पुरानो ऐतिहासिक धरान उपमहानगरपालिका धरानको समग्र विकासको अगुवाइ गर्ने कार्यमा सबै दल सम्बद्ध नेता कार्यकर्ता, आम मतदाता र सञ्चार क्षेत्रका सबै सञ्चारकर्मी साथीहरुलाई सहयोगका लागि हार्दिक अपिल गर्दछौं, ’ गठबन्धनको अपिलमा भनिएको छ।

प्रतिकृया दिनुहोस्

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...

आज २०८२ साल चैत २३ गतेको राशिफल

आज चैत २३, २०८२ ( अप्रिल ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...