News Portal

विराटनगर कांग्रेसले गठबन्धनको निर्णय नमान्ने, एक्लै चुनाव लड्ने

हिमालीसंचार संवाददाता
२९६ पटक

विराटनगर – सत्तारुढ गठबन्धनले भागबण्डाका लागि लिएको निर्णय नेपाली कांग्रेस विराटनगर महानगर समितिले नमान्ने भएको छ। गठबन्धनको निर्णयप्रति रुष्ट बनेको समितिले विराटनगरमा कुनै पनि दलसँग तालमेल नगरिकन वैशाख ३० गतेको स्थानीय तह चुनावमा एक्लै भिड्ने निर्णय यसअघि नै गरिसकेको छ।

निर्णयमात्रै हैन, आकांक्षीमध्येबाट मेयर र उपमेयरका सम्भावित उम्मेदवारको नाम पनि पार्टी केन्द्रमा सिफारिस गरिसकेको छ। गठबन्धनको भागबण्डामा उपमेयर पद जनता समाजवादी पार्टी (जसपा)ले पाएपछि महानगर समितिले विरोध गरेको हो।

मेयरको उम्मेदवारमा महानगर समितिले डिला संग्रौला, अमृत अर्याल, नागेश कोइराला, भीम पराजुली, इन्दिरा कार्की, दीपक चापागार्ई र गोपाल रेग्मीको नाम सिफारिस गरिसकेको छ। उपमेयरको उम्मेदवार सिफारिस हुनेमा निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा. सीता घिमिरे, गीता सिलवाल र राजु मास्के छन्। सिफारिसमा परेकामध्ये विराटनगरमा अहिले भीम मेयर र इन्दिरा उपमेयर छन्।

कांग्रेसका विराटनगर सभापति दीपक चापागाईंले एक्लै चुनाव लड्ने अडान कायमै रहने र विराटनगरभित्र कुनै दलसँग चुनावी तालमेल नहुने स्पष्ट पारे। यसअघि अरु दलले गठबन्धन गर्दा कांग्रेस एक्लैले चुनाव जितेको र अहिले संगठन झन् मजवुत भएकाले तालमेलको आवश्यकता नरहेको उनको भनाइ छ। ‘गठबन्धनको निर्णय हामी कांग्रेसका कार्यकर्ताले मान्नुपर्छ भन्ने छैन,’ चापागाईं भन्छन्, ‘हामी अस्वीकार गर्छौँ र एक्लै चुनावमा जान्छौँ।’

विराटनगरभित्र कांग्रेस एक्लै चुनाव जित्न सक्षम रहेकाले गठबन्धनभित्र के निर्णय भयो भन्ने कुरामा चासो नराखिएको उनको जिकिर छ। विराटनगरभित्र गठबन्धन नचाहिने घोषणा गरेरै यसअघि नै कांग्रेसबाट उम्मेदवारको नाम सिफारिस गरिएको चापागाईं बताउँछन्।

‘विराटनगरको उपमेयर अर्कैलाई सुम्पिने निर्णय गठबन्धनले गरेको हो। पार्टीले हैन,’ उनी भन्छन्, ‘त्यो निर्णय कांग्रेसको केन्द्रीय कार्य समिति, सम्पादन समिति र संसदीय बोर्डमा आउन बाँकी छ। निर्णय पार्टीबाट पनि पास भयो भने चैँ विराटनगरका वडा समिति सभापतिहरुसँग छलफल गरेर नयाँ धारणा सार्वजनिक गरौँला।’ पार्टीको नेतृत्वले तल्लो स्तरबाट के माग भइरहेको र कार्यकर्ताले किन विरोध गरिरहेका छन् भन्ने बुझ्न जरुरी रहेको उनले बताए।

यसअघिको निर्वाचनमा एक्लै चुनाव लडेको कांग्रेस मेयर र उपमेयर दुवै पदमा विजयी भएको थियो। विराटनगरका १९ वडामध्ये ७ वटामा कांग्रेसका उम्मेदवारले जितेका थिए। २०७४ सालमा जसपा ६, नेकपा (एमाले) ३, माओवादी केन्द्र १ वटा वडामा विजयी भए। स्वतन्त्र उम्मेदवारले २ वटा वडाध्यक्ष जिते।

अघिल्लो चुनावमा एमाले र तत्कालीन फोरम लोकतान्त्रिक तथा माओवादी र तत्कालीन संघीय समाजवादी फोरमबीच चुनावी तालमेल थियो। तर एकल चुनाव लडेको कांग्रेसका भीम २३ हजार ३१ मत ल्याउँदै मेयरमा निर्वाचित भए। 

उनका प्रतिस्पर्धी एमाले-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एमाले नेता विनोद ढकालले १७ हजार ३ सय २१ मत ल्याए। माओवादी र संघीय समाजवादी गठबन्धनका उम्मेदवार समाजवादीका नेता उमेशकुमार यादवले १४ हजार ९ सय ५८ मत प्राप्त गरेका थिए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...