News Portal

गठबन्धनको निर्णयः धरान उपमहानगरपालिकाको मेयर कांग्रेस, उपमेयर माओवादीलाई

हिमालीसंचार संवाददाता
२७६ पटक

धरान – सत्ता गठबन्धनले धरान उपहानगरपालिका लगायत देशभरको भागबण्डा मिलाएको छ। प्रदेश १ का धरान, इटहरीसहित ६ महानगरपालिका र ११ उपहानगरपालिकाको भागवण्डा मिलाएको हो ।

गठबन्धनले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको प्रमुख कांग्रेसलाई दिने सहमति गरेका छन् । नेकपा माओवादी केन्द्रले बाराको जीतपुर–सिमरा र दाङको घोराही उपमहानगरपालिकाको नेतृत्व पाएको छ । एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको पाएका छन् ।

महानगरमा भने मंगलबार नै भागवण्डा मिलेको थियो । कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर पाएका छन् भने माओवादीले भरतपुर, समाजवादीले पोखरा र जसपाले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाएको छ ।

एउटाको नेतृत्व भएको ठाउँमा अर्को दलको उपप्रमुख हुने गरी भागवण्डा मिलाइएको छ । सत्तारुढ गठबन्धनको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवारलाई लिएर भएको विवाद समाधान भएको छ ।

मुलुकभरका ६ महानगरपलिका र ११ उपमहानगरपालिकाको नेतृत्वमा गठबन्धनभित्र सहमति जुटेको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...