News Portal

गठबन्धनको निर्णयविरूद्ध जानेहरूलाई कारबाही हुन्छः बालकृष्ण खाण

हिमालीसंचार संवाददाता
२३९ पटक

नेपाली कांग्रेसका नेता एवं नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनको निर्णयविरूद्ध जानेहरूलाई पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन्।

पार्टीको केन्द्रीय कमिटी र गठबन्धनले गरेको निर्णयको विरूद्धमा जाने जो कोहीलाई आगामी निर्वाचनमा उम्मेदवार नबनाइने र पार्टीभित्र पनि स्थान नदिइने खाणले चेतावनी दिएका हुन्।

रूपन्देहीको तिलोत्तमा मणिग्रामस्थित आफ्नै घरमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री खाणले भने, ‘गठबन्धनविरूद्ध अहिले जो-जो लाग्नुभएको छ, उहाँहरूलाई पार्टीले कारबाही गर्नेछ, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको टिकट दिने बेला उहाँहरूको रेकर्ड हेरिने छ, पार्टीभित्र पनि उहाँहरूको नाम जगेडामा राखिने छ।’

नेता खाणले वर्तमान सरकार गठबन्धनको जगमै बनेकोले नेपाली कांग्रेस गठबन्धनको निर्णयबाट भाग्न नमिल्ने बताए।‘गठबन्धनबाटै अहिलेको सरकार बनेको हो, नेपाली कांग्रेसको १४ औं महाधिवेशनले समेत निर्वाचनसम्म गठबन्धनलाई जोगाउने निर्णय अनुमोदन गरिसकेकोले गठबन्धन जोगाउनु हाम्रो मूल दायित्व हो,’ उनले भने।

गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचन देशभर एकैपटक हुँदा सुरक्षा चुनौती थपिएको भए पनि सरकार सुरक्षा व्यवस्था मजबुत बनाउन लागिरहेको समेत बताए।

यसपटक विगतमा निर्वाचनमा भाग नलिएका सिके राउत नेतृत्वको जनमत पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई समेत निर्वाचनमा भाग लिने वातावरण बन्दै गएको बताए। ‘कतिपय पार्टीहरूले पहिलो पटक निर्वाचनमा भाग लिँदै छन्, सरकारले उनीहरूलाई निर्वाचनमा भाग लिने वातावरण सृजना गरिरहेको छ,’ उनले भने।

त्यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गरेको निलम्बन कार्यान्वयन नगर्न भन्दै सर्वोच्च अदालतले दिएको आदेशप्रति टिप्पणी गर्दै गृहमन्त्री खाणले गभर्नर अधिकारीले गरेका काम कारबाहीप्रति कमीकमजोरी देखिएकोले सरकारले निलम्बन गरे पनि सर्वोच्च अदालतले गरेको निर्णयलाई सरकारले सम्मान गर्ने बताए।

अर्थमन्त्रीको सिफारिस भए पनि मन्त्रिपरिषद्को बैठकबाटै गभर्नर अधिकारीलाई निलम्बन गरिएकोले यसको जिम्मेवारी पनि सरकारले नै लिने उनले बताए।

‘उहाँका केही कमीकमजोरी देखिएकोले नै सरकारले कारबाही गरेकोले यसको सामूहिक जिम्मेवारी सरकारले लिन्छ, उक्त कारबाहीलाई तत्काल कार्यान्वयन नगराउन अहिले न्यायपालिकाले दिएको आदेशलाई पनि सम्मान गर्छौं।’ 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...