News Portal

नेपाली काँग्रेसका मेयरद्वारा पार्टी परित्याग गरेको घोषणा

हिमालीसंचार संवाददाता
२०३ पटक

रौतहट – रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपालप्रसाद यादवले पार्टी परित्याग गरेका छन् । काँग्रेसबाट मेयरमा निर्वाचित यादवले काँग्रेस जिल्ला सभापति सुनिल यादव (जितेन्द्र)ले आसन्न निर्वाचनका लागि मेयरको उम्मेदवारका रुपमा आफ्नै भाइ ज्ञानेन्द्र यादवको नाममात्र सिफारिस गरेपछि मेयर यादवले पार्टी छोडेको घोषणा गरेका हुन् ।

यादवका अनुसार विगत १४ वर्षदेखि नेपाली काँग्रेस पार्टीमा सक्रियरूपमा लाग्दालाग्दै पनि जिल्ला सभापतिले आफूलाई बाईपास गरेका कारण पार्टी परित्याग गर्न बाध्य भएको मेयर यादवको भनाइ छ ।

यातवका अनुसार मंगलबार फतुवा विजयपुर नेपाली काँग्रेस नगर कमिटीको बैठकमा जिल्ला कार्यसमितिका सभापति यादवले बोलाएका थिए । विजयपुर माविको प्राङ्गणमा बसेको बैठकमा आफू एक घण्टा सहभागी भएको तर उम्मेदवार सिफारिससम्बन्धी कुनै निर्णय नभएपछि आफू हिँडेको उनको भनाइ छ । 

जिल्ला सभापति सुनिल यादव र उनका भाइ दलबलसहित पार्टी नगर सभापति बाबुराम अधिकारीको घरमा गएर जबर्जस्ती ज्ञानेन्द्रको एकल नाम सिफारिस गर्न दबाब दिँदा नगर सभापतिले नमानेको तर पछि नगर उपसभापति अबरारुल देवानलाई कार्यवाहक सभापति दिएर काँग्रेस जिल्ला सभापति सुनिल यादवले मेयरको टिकटका लागि आफ्नो भाइ ज्ञानेन्द्र यादवको एकल नाम सिफारिस गराएको मेयर गोपाल यादवले जानकारी दिए ।

नेपाली काँग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवको रोहवरमा जिल्ला सभापति यादवले फतुवा विजयपुर नगरपालिकाको मेयरका लागि आफूलाई टिकट दिने प्रतिवद्धता जनाएको तर त्यसको उल्लंघन भएपछि आफू पार्टीमा रहिरहन आवश्यक नरहेको ठानेर पार्टी परित्याग गरेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...