News Portal

नेपाली काँग्रेसका मेयरद्वारा पार्टी परित्याग गरेको घोषणा

हिमालीसंचार संवाददाता
२३३ पटक

रौतहट – रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपालप्रसाद यादवले पार्टी परित्याग गरेका छन् । काँग्रेसबाट मेयरमा निर्वाचित यादवले काँग्रेस जिल्ला सभापति सुनिल यादव (जितेन्द्र)ले आसन्न निर्वाचनका लागि मेयरको उम्मेदवारका रुपमा आफ्नै भाइ ज्ञानेन्द्र यादवको नाममात्र सिफारिस गरेपछि मेयर यादवले पार्टी छोडेको घोषणा गरेका हुन् ।

यादवका अनुसार विगत १४ वर्षदेखि नेपाली काँग्रेस पार्टीमा सक्रियरूपमा लाग्दालाग्दै पनि जिल्ला सभापतिले आफूलाई बाईपास गरेका कारण पार्टी परित्याग गर्न बाध्य भएको मेयर यादवको भनाइ छ ।

यातवका अनुसार मंगलबार फतुवा विजयपुर नेपाली काँग्रेस नगर कमिटीको बैठकमा जिल्ला कार्यसमितिका सभापति यादवले बोलाएका थिए । विजयपुर माविको प्राङ्गणमा बसेको बैठकमा आफू एक घण्टा सहभागी भएको तर उम्मेदवार सिफारिससम्बन्धी कुनै निर्णय नभएपछि आफू हिँडेको उनको भनाइ छ । 

जिल्ला सभापति सुनिल यादव र उनका भाइ दलबलसहित पार्टी नगर सभापति बाबुराम अधिकारीको घरमा गएर जबर्जस्ती ज्ञानेन्द्रको एकल नाम सिफारिस गर्न दबाब दिँदा नगर सभापतिले नमानेको तर पछि नगर उपसभापति अबरारुल देवानलाई कार्यवाहक सभापति दिएर काँग्रेस जिल्ला सभापति सुनिल यादवले मेयरको टिकटका लागि आफ्नो भाइ ज्ञानेन्द्र यादवको एकल नाम सिफारिस गराएको मेयर गोपाल यादवले जानकारी दिए ।

नेपाली काँग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवको रोहवरमा जिल्ला सभापति यादवले फतुवा विजयपुर नगरपालिकाको मेयरका लागि आफूलाई टिकट दिने प्रतिवद्धता जनाएको तर त्यसको उल्लंघन भएपछि आफू पार्टीमा रहिरहन आवश्यक नरहेको ठानेर पार्टी परित्याग गरेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...

आज २०८२ साल चैत २३ गतेको राशिफल

आज चैत २३, २०८२ ( अप्रिल ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...