News Portal

  • सरी देउवाज्यू माओबादी र समाजबादीलाई मतदान गर्न सकिदैन

    हिमालीसंचार संवाददाता
    १४६८ पटक

    कर्ण बहादुर अधिकारी – काठमाण्डौ नेपालको बर्तमान राजनिति माहौल र यी राजनिति दलहरूको गठबन्धको पेरीफेरीलाई अवलोकन गर्ने हो भने यी राजनिति दलका नाममा राजनिति गर्दै आएका दलालहरूको एउटै स्वार्थ रहेछ आफूले आफ्नो पद र प्रतिष्ठालाई कसरी जोगाउने र आफ्ना आफन्तहरूलाई कसरी उच्च तह र तप्कामा पुराउने भनेर लागि परेका छन्।

    यहाँ त कसैलाई निति र सिद्धान्तको ख्याल नै रहेनछ।आसन्न स्थानीय चुनावको पूर्व सन्ध्यामा हामीले जुन माहौल देखेका छौ त्यो पक्कै पनि कांग्रेस र कांग्रेसीको लागि हितकर हुने छैन । एक आपसमा बर्ग शत्रु ठान्दै आएका माओबादी र कांग्रेसको इतिहासलाई केलाउने हो भने कुनै जवानामा एकले अर्कोलाई भौतिक कारबाही गर्न र गराउन लागि परेका थिए।

    टाउँकाको मोल समेत तोकिएका दुष्मनहरूबाट कांग्रेसले भोटको अपेक्षा गर्नु जायज होला र ? कांग्रेस र कम्युनिष्टको अप्रकृतिक गठबन्धनले म त चकितै भएको छु अनि तपाई नी ?
    बिगतलाई सम्झिनु पर्दा हिजो द्वन्द कालमा माओबादीबाट यातना पाई परीवार गुमाएका अनि शरीर अंगभंग भएका कांग्रेसीहरूले कुन मनले मतदान गर्ने यो प्रश्न चाँहि पार्टी सभापति देउवालाई ? देउवा ज्वतिषीको भबिष्यबाणीमा लिन भई कांग्रेस र कम्युनिष्टको गठबन्धन गर्न लागि परेका हुन त ? ज्वतिषीले ७ पटक प्रधानमन्त्री हुन्छ भनेर हुईया पिटेका छन् क्यारे।

    अर्को कुरा यी माओबादीहरू त २०७४ सालमा एमालेसंग गठबन्धन नगरेको भए त पत्तासाफ नै हुने थियो आ त्यहि अस्तित्व बचाउनका लागि कांग्रेससंग गठबन्धन गर्न लागि परेका हुन । अर्को गठबन्धन धारी समाजबादीको पनि स्थिति त्यस्तै छ एमालेबाट टुक्रिएका समाजबादीको पनि दयनीय अबस्था छ। आफ्नो अस्तित्व जोगाउनकै लागि गठबन्धन गर्नका लागि लागि परेका हुन। यिनीहरू सबैलाई आआफ्नै अस्तित्व जोगाउनु छ।स्थानीय तहको निर्वाचनमा कांग्रेस एक्लै लडेर क्लियर परीणामको पक्षमा हुनु पर्थ्यो। तर आज अरूको अस्तित्व बचाउ गर्न लागि पर्नु दुर्भाग्य हो । पार्टी सभापतिकै कारण कांग्रेसले आफ्नो अस्तित्व मेटाउदै छ । पार्टीका फ्रन्ट लाईनका हस्तिहरूले नै कुरा नबुझे पछि हामी जस्तो कार्य कर्ताले कसरी बझ्ने र बुझाउने।
    पार्टी सभापति देउवाको उर्दी जारी भए अनुसार कांग्रेसीले माओबादी र समाजबादीलाई मतदान नगरे साधरण सदस्य समेत नरहने गरी कार्बाही गर्ने रे के हामी देउवाको घरको नोकर हो ? उनले पार्टी छोड भने छोड्ने र बस भने बस्ने ? हामी त कांग्रेसमा बिपीको निष्ठा निति र आदर्शले बिगत देखि अनबरत रूपमा लागि परेको ब्यक्ति हौं ताकी आज शेर बहादुर , प्रकाशमान र रामचन्द्रको नाम भजेर कांग्रेस बनेको होईनौं बरू हामीले नै शेर बहादुरहरूलाई यो स्थान दिएका हौं।पदका भोगीलाई चाहिएको होला कृयाशील र प्रतिष्ठा तर निष्ठाले राजनिति गर्नेलाई केहि चाहिएको छैन । हामी हाम्रो श्रीमती भाई भतिज छोरा बुहारीलाई पद प्रतिष्ठा दिन कांग्रेसी बनेका होईनौ।
    समाज र समग्र रूपमा देश बिकाशका निमित्त कांंग्रेसी बनेका हौ ।सक्छौ भने साधरण सदस्य सम्म नरहने गरी कार्बाही गर हैन भने बकबक किन ? के अपराध गर्यौ र हामीले कांग्रेस भएको नाताले कांग्रेस बाहेक अन्यत्र भोट हाल्दिन भन्न नपाउने ! मेरो नितिले कांग्रेस भन्दा अन्त भोट नहाल भन्दै छ तसर्थ सभापति सङ  यस पटक पनि कांग्रेसको चुनाव चिन्ह रूख बाहेक माओबादी, समाजबादी लगायतका लागि मतदान गर्न सकिदैन । यदि मतदान गर्नु पर्यो भने कि त बदर गरीनेछ कित घरमै सुतेर बसिन्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २३ गतेको राशिफल

    आज असार २३, २०८२ (जुलाई ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धैर्यता भित्र लुकेका प्रश्नहरु – कमला थापा

    २०८२ असार २२ गते। नेपाली कांग्रेसमा कोइरालाहरु अरु नेतृत्व भन्दा निकै सरल, शालिन कार्यकर्ताका विचमा...

    १ राउन्ड हवाई फायर गर्दै ब्राउन सुगरसहित ३ जना पक्राउ

    मोरङ, असार २२ – रंगेली–८ बसपार्क नजिकै डिल्लीराम श्रेष्ठको घरमा भाडामा बस्दै आएका रंगेली–८ का...

    महाकाली किनारमा निर्माणाधीन बाँध नरोकिने : गृहमन्त्री लेखक

    कञ्चनपुर, असार २२ – सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको महाकाली नदी किनारमा निर्माणाधीन बाँधको स्थलगत अवलोकन गर्दै...

    राजपुर इँटाभट्टा बम बिष्फोटको साक्षी गौरीशंकरको आँसु– “घरको ढोकामा बम पड्कियो, होस खुल्दा भारतको अस्पतालमा थिएँ”

    काठमाडौं, असार २२ – रौतहटको चर्चित इँटाभट्टा बम बिष्फोट प्रकरण फेरि चर्किएको छ। कांग्रेस नेता...