News Portal

एमाले प्रदेश कमिटीको उम्मेदवार सिफारिसमै परेनन् द्वारिकलाल चौधरी

हिमालीसंचार संवाददाता
३०८ पटक

इटहरी – नेकपा एमाले प्रदेश १ कमिटीले एक महानगर सहित दुई उपमहानगरको नाम सिफारिस गरेको छ। विराटनगर महानगरबाट ५ जना, इटहरी र धरान उपमहानगरपालिकामा ४/४ जनाको नाम सिफारिस गर्दा इटहरीका मेयर समेत रहेका द्वारिकलाल चौधरीको नाम सिफारिसमै परेनन् ।

मेयर चौधरी पुनः इटहरी उपमहानगरपालिका इटहरीको मेयर दोहोर्‍याउने दाउमा रहेका मेयर द्धारिकलाल चौधरीको भने नाम सिफारिसमा परेन । मंगलबार विराटनगरमा बसेको प्रदेश कमिटीका पदाधिकारी सहित स्थायी समिति सदस्यको बैठकले सिफारिस गरेको हो । नगर कमिटीबाट सिफारिस भएर आएको चौधरीको नामलाई प्रदेश कमिटीले हटाएको हो । 

इटहरी उपमहानगरपालिका इटहरीका लागि नगर अध्यक्ष यामकुमार सुब्बा, हालकी उपमेयर लक्ष्मी कुमारी गौतम, तैयव हुसेन र रामप्रसाद चौलागाँईको नाम सिफारिस भएको छ । त्यस्तै उपमेयरमा सङ्गीता चौधरी, अमला श्रेष्ठ, अम्बिका चौधरी, विष्णु शर्मा र रामचरण चौधरीको नाम अगाडी सारिएको छ। तथापि इटहरीमा एमालेले राप्रपालाई उपमेयर दिएर तालमेल गर्ने योजना बनाएको छ । 

धरान उपमहानगरपालिकामा मोतीराज सुनुवार, वर्तमान उपमेयर मञ्जु भण्डारी, विजय राई र मनोज मेन्याङबो सहित चार जनाको नाम सिफारिस गरेको छ। उपमेयरमा भने वर्तमान उपमेयर भण्डारी समेत अटाएकी छन् । उनी सहित पदम लिम्बु, लहरुमाया जिमी, सविता राई र सुशीला पहाडी सिफारिस भएका हुन् । सिफारिस भएका नाम मंगलबार नै केन्द्रीय कमिटीमा पठाएको छ ।

विराटनगर महानगरपालिकामा रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, पर्शुराम बस्नेत, नगर अध्यक्ष सागर थापा र महेश भट्टराई सिफारिस भएका छन् । उपमेयरमा लागि शिल्पा कार्की, विमला दाहाल र अन्जु उपाध्यायको नाम सिफारिस गरेको छ । 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...