News Portal

एमाले प्रदेश कमिटीको उम्मेदवार सिफारिसमै परेनन् द्वारिकलाल चौधरी

हिमालीसंचार संवाददाता
२६१ पटक

इटहरी – नेकपा एमाले प्रदेश १ कमिटीले एक महानगर सहित दुई उपमहानगरको नाम सिफारिस गरेको छ। विराटनगर महानगरबाट ५ जना, इटहरी र धरान उपमहानगरपालिकामा ४/४ जनाको नाम सिफारिस गर्दा इटहरीका मेयर समेत रहेका द्वारिकलाल चौधरीको नाम सिफारिसमै परेनन् ।

मेयर चौधरी पुनः इटहरी उपमहानगरपालिका इटहरीको मेयर दोहोर्‍याउने दाउमा रहेका मेयर द्धारिकलाल चौधरीको भने नाम सिफारिसमा परेन । मंगलबार विराटनगरमा बसेको प्रदेश कमिटीका पदाधिकारी सहित स्थायी समिति सदस्यको बैठकले सिफारिस गरेको हो । नगर कमिटीबाट सिफारिस भएर आएको चौधरीको नामलाई प्रदेश कमिटीले हटाएको हो । 

इटहरी उपमहानगरपालिका इटहरीका लागि नगर अध्यक्ष यामकुमार सुब्बा, हालकी उपमेयर लक्ष्मी कुमारी गौतम, तैयव हुसेन र रामप्रसाद चौलागाँईको नाम सिफारिस भएको छ । त्यस्तै उपमेयरमा सङ्गीता चौधरी, अमला श्रेष्ठ, अम्बिका चौधरी, विष्णु शर्मा र रामचरण चौधरीको नाम अगाडी सारिएको छ। तथापि इटहरीमा एमालेले राप्रपालाई उपमेयर दिएर तालमेल गर्ने योजना बनाएको छ । 

धरान उपमहानगरपालिकामा मोतीराज सुनुवार, वर्तमान उपमेयर मञ्जु भण्डारी, विजय राई र मनोज मेन्याङबो सहित चार जनाको नाम सिफारिस गरेको छ। उपमेयरमा भने वर्तमान उपमेयर भण्डारी समेत अटाएकी छन् । उनी सहित पदम लिम्बु, लहरुमाया जिमी, सविता राई र सुशीला पहाडी सिफारिस भएका हुन् । सिफारिस भएका नाम मंगलबार नै केन्द्रीय कमिटीमा पठाएको छ ।

विराटनगर महानगरपालिकामा रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, पर्शुराम बस्नेत, नगर अध्यक्ष सागर थापा र महेश भट्टराई सिफारिस भएका छन् । उपमेयरमा लागि शिल्पा कार्की, विमला दाहाल र अन्जु उपाध्यायको नाम सिफारिस गरेको छ । 

प्रतिकृया दिनुहोस्

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...