News Portal

गठबन्धन बैठकः राति १० बजे फेरि बैठक बस्ने गरी सैद्धान्तिक सहमति जुटायो

हिमालीसंचार संवाददाता
२१५ पटक

काठमाडौं – बालुवाटारमा जारी सत्तारुढ गठबन्धनको बैठक आज राति १० बजे फेरि बस्ने गरी सकिएको छ । बैठकमा महानगरको भागबण्डाबारे सैद्धान्तिक सहमति जुटेको बताइएको हो । यद्यपि, औपचारिक सहमति भने हुन बाँकी रहेको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।

राष्ट्रिय जनमोर्चा पाटीका नेता हेमलाल पुरीले महानगरपालिकाहरुमा कुन दलले प्रमुख र उपप्रमुख पाउने भन्ने विषयमा सैद्धान्तिक सहमति जुटेको बताए । पुरीका अनुसार आजको बैठकमा काँग्रेसले ६ मध्ये तीनवटा महानगरको नेतृत्व लिने तथा अन्य दलले एक एकवटा महानगरको नेतृत्व लिने गरी सहमति भएको छ ।

त्यस्तै, अन्य दलले पाएका महानगरमा काँग्रेसले उपप्रमुख पाउने र काँग्रेसले पाएका महानगरमा अन्य दलले उपप्रमुख पाउने सैद्धान्तिक सहमति पनि जुटेको पुरीले बताए । यसबारे ठोस सहमतिमा पुग्न आज नै बैठकमा बस्ने सरकारका प्रवक्ता तथा काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

आजको बैठकमा काँग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर गरी तीन महानगरको प्रमुख पाउने, माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादी पार्टीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगर पाउने गरी दलहरू सहमति नजिक पुगेका बताइएको छ । 

त्यस्तै, अन्य दलले पाएका महानगरमा काँग्रेसले उपमेयर पाउने र काँग्रेसले पाएको काठमाडौँमा एकीकृत समाजवादीले, विराटनगरमा जसपाले र ललितपुरमा ललितपुर माओवादीले उपमेयर पाउने गरी सैद्धान्तिक सहमति जुटेको नेताहरुले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...