News Portal

नेकपी माओवादी केन्द्रबाट सुनबर्षी नगरपालिकाको वडाध्यक्षमा ठाकुर सिफारिस

हिमालीसंचार संवाददाता
२३० पटक

रबिन्द्र बराल/मोरङ – स्थानीय तहके निर्वाचन नजिकिदै गर्दा सुनवर्षी नगरपालिकाको वडा नम्बर ५ बाट युगेश्वर प्रसाद ठाकुरको नाम सिफारिस गरिएको छ।

पछिल्लो समयमा  फरक फरक पार्टीलाई धार बनाएर राजनीति गर्ने ब्यक्तिहरु यति बेला आफ्नो पार्टीले कसलाई टिकट दिन्छ। आफुले कसरी टिकट लिने भन्ने होड चलेको बेला ठाकुरको नाम नेकपा मावोवादी  केन्द्रबाट वडाअध्यक्षमा सिफारिस भएको हो ।  

सुनवर्षी नगरमा ४ दशक भन्दा बढी समयदेखि राजनीतिमा सक्रिय रहेका ठाकुर समाजसेवामा समेत सक्रिय रहेका छन्। विस २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेससंग झिनो मतान्तरले पराजित भएका ठाकुरलाई पार्टीले पुन:अवसर दिन लागेको हो। सुनवर्षी नगरपालिका भित्र हुने हरेक सामाजिक कार्यमा, विकास निर्माणका कार्यहरुमा अग्रसर रहने  ठाकुरले बताए । 

धार्मिक कार्यमा समेत चासो राख्ने ठाकुर मठ, मन्दिर, मस्जिद आदि निर्माण हुदा समेत आफुले सक्न्ने आर्थिक सहयोग, वैचारिक सहित सबै किसिमका सहयोग गर्न पनि ठाकुरले बताए ।  आफुले पराजय भोगे पनि ठाकुरले ५ वर्षासम्म वडा भित्र हुने गरेका हरेक विकास निर्माणको काममा आफनो महत्व पूर्ण योगदान दिने गरेको र काम पारदर्शी भए नभएको विश्लेषण गर्न्ने र खराब काम भए जहिले पनि आवाज उठाउने गरेको स्थानीय बताउछन् ।  

आफ्नो पार्टी प्रति पनि लगनशिल र इमान्दारी पूर्वक कार्य गर्दै आएका ठाकुरलाई पार्टीले टिकट दिए ५ नम्बर वडामा सानदार जित हासिल गर्न्ने स्थानीयको भनाइ छ। उनको राजनीतक यात्रा बिक्रम सम्बत २००७ सालमा मोरङ जिल्लाको साबिक टकुवा ८ मा जन्मेका  ठाकुर सानैदेखि सामाजिक कार्यमा सरिक रहेका ठाकुर जिल्ला जनास्वस्थ्य कार्यालय मोरङका पुर्वकर्मचारीको रुपमा २२ वर्षा काम गर्दै राजनीतिकमा प्रवेस गरेका हुन्। 

बिक्रम सम्बत २०२१ साल बाटै सक्रिय राजनीति गर्दै आएका ठाकुरले परिवर्तनका लागि नेकपा मावोबादी केन्द्र रोजेको उनका छोरा कम्लेश्वर ठाकुरले हिमालीसंचारडकमलाई बताए।  बर्षौदेखि आफ्नो ठाउँ र समाजलाई नजिकबाट हेर्दै आएका ठाकुरले त्यहाँको समस्यालाई राम्रो संग बुझेको र समाधान गर्न सक्न्ने युगेश्वर प्रसाद ठाकुरको भनाइ छ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...