News Portal

झापामा धमाधम उम्मेदवार छान्दै काङ्ग्रेस

हिमालीसंचार संवाददाता
२७४ पटक

झापा – स्थानीय तहहरुमा नेपाली काङ्ग्रेसले धमाधम स्थानीय चुनावका उम्मेदवार सर्वसम्मत चयन गर्न शुरु गरेको छ। अघिल्लो निर्वाचनमा नै एमालेले लालकिल्ला दाबी गरिरहेको झापाको क्षेत्र नम्बर ५ का पालिकाहरुमा आधा लाल किल्ला तोडेको काङ्ग्रेसले यसपटकको निर्वाचनमा एमालेलाई क्लिन स्वीप गर्ने रणनीति अनुसार ससक्त र जितको बलियो सम्भावना बोकेका उम्मेदवारहरुलाई सर्वसम्मत रूपमा प्रस्तुत गरिरहेको हो।

झापामा नै पहिलो पटक काङ्ग्रेसले पालिका प्रमुख पदमा युवा नेता हुकुम सिंह राईको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको जनाइएको छ। नगरउन्मुख कमल गाउँपालिकाको अध्यक्ष पदमा राईलाई काङ्ग्रेसको गाउँ समितिको सोमबार बसेको पुर्ण बैठकले सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय गरेको हो।

राईले अघिल्लो निर्वाचनमा त्यहाँ सोही पदमा एमाले नेतृ मेनुका काफ्लेलाई बराबर मतको टक्कर दिएर चर्चामा आएका थिए। उनी काङ्ग्रेसको हालै सम्पन्न महाधिवेशनमा पनि सर्वाधिक कार्यकर्ताले रुचाएको नेताको रूपमा केन्द्रिय महाधिवेशन प्रतिनिधि हुँदै एक नम्बर प्रदेश समिति सदस्यमा निर्वाचित भएका थिए। राजनीतिक तथा सामाजिक गतिविधिमा समेत निरन्तर सक्रिय रहदै आएका राइको उम्मेदवारी सिफारिसपनि सर्वसम्मत रूपमा भएपछि झापाली राजनीतिमा विशेष महत्वसाथ सो बिसयमा चर्चा हुन थालेको छ।

कमल गाउँपालिकासगै क्षेत्र नम्बर ५ कै मुख्य नगरका रूपमा रहेको दमकको वडा नम्बर १ र १० बाट पनि वडाध्यक्ष्य पदमा एक एक जनाको नाम सर्वसम्मत सिफारिस भएको छ। काङ्ग्रेस स्रोतका अनुसार वडा नम्बर एकमा युवा ब्यक्तित्व तथा पार्टीका वडा सभापति समेत रहेका गजेन्द्र देवान र १० मा काङ्ग्रेसका बौद्धिक तथा अनुभवी नेताको पहिचान बनाउन सफल देबी दाहालको नाम सर्वसम्मत सिफारिस भएको छ। दाहाल दमक बहुमुखी क्याम्पसका अध्यक्ष तथा स्थानीय सक्रिय ब्यक्तित्वका रूपमा परिचित छ्न। उनी काङ्ग्रेस झापाका पुर्व कोशाध्यक्ष्य समेत हुन।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...