News Portal

खोटाङ जिल्लामा गठबन्धनले स्थानीय तह निर्वाचनका लागि सहमति जुटायो

हिमालीसंचार संवाददाता
३०८ पटक

खोटाङ – खोटाङ जिल्लामा स्थानीय तह निर्वाचनका लागि गठबन्धनले सहमती जुटाएको छ । जिल्लाका दुई नगरपालिका, ८ गाउपालिका मध्ये ६ वटामा बैशाख ४ गते मध्यराती सहमति जुटाएको हो । 

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तीन/तीन वटा पालिकाको प्रमुख बाडेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, बराहापोखरी गाउपालिका र रावाबेसी गाउपालिकाको प्रमुख तथा अध्यक्ष कांग्रेसलाई दिने सहमति भएको नेपाली कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईले हिमालीसंचारडटकमसंग बताए । 

नेकपा माओवादी केन्द्रका लागि जन्तेढुङ्गा गाउपालिका, खोटेहाङ गाउपालिका र ऐसेलुखर्क गाउपालिकामा अध्यक्ष दिने सहमति जुटाएको छ । नेपाली कांग्रेसका लागि दिक्तेल रुपाकोट मझवागढी नगरपालिका र रावाबेसी गाउपालिकाको उपाध्यक्षमा माओवादी केन्द्र र बरापोखरी गाउपालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीको उपाध्यक्षमा सहमति गरेका छन्। 

यता, दिप्रुङ चुइचुम्मा गाउपालिका, साकेला गाउपालिका, केपिलासगढी गाउपालिका र हलेसी तुवाचुङ नगरपालिकामा भने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीच सहमति भएको छ । केपिलासगढी गाउपालिकामा एकीकृत समाजवादीलाई अध्यक्ष, जनता समाजवादीलाई उपाध्यक्ष, साकेला गाउपालिकामा माओवादी केन्द्र अध्यक्ष, जनता समाजादीको उपाध्यक्ष र हलेसी तुवाचुङ नगरपालिकामा सहमति नजिक पुगेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ खानेपानी, सिचाइ तथा उर्जा मन्त्री रामकुमार राईले बताए । 

जिल्ला समन्वय प्रमुखमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी उपप्रमुखमा जनता समाजवादी पार्टीलाई दिने सहमति भएको समेत मन्त्री राईले हिमालीसंचारडटकमलाई जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...