News Portal

नेपाली कांग्रसलाई काठमाडौंसहित तीन महानगर लिन गठबन्धनमा प्रस्ताव

हिमालीसंचार संवाददाता
२४० पटक

काठमाडौं – नेपाली कांग्रेसलाई काठमाडौंसहित तीन महानगर लिन सत्तागठबन्धनका अन्य दलहरूले आग्रह गरेका छन्। छ महानगरमध्ये काठमाडौं, ललितपुर र विराटनगर महानगर लिएर अन्य तीन महानगर अरू पार्टीलाई छाड्न गठबन्धनभित्र प्रस्ताव गरिएको छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा आज बालुवाटारमा बसेको चुनावी तयारी तथा अनुगमन समितिको बैठकमा कुन महानगर कसले लिने भन्नेबारे छलफल भएको थियो।

बैठकमा पोखरा महानगर नेकपा एकीकृत समाजवादीले आफूहरूले पाउनुपर्ने माग गरेको छ। यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरमा आफूहरूलाई सघाउनुपर्ने माग गरेको छ।

यस्तै वीरगञ्ज महानगर जसपाले दाबी गरेको छ। तर, ‘कांग्रेसले सबै महानगरमा मेयर दाबी गरिरहेको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘कांग्रेसलाई तीन महानगर लिएर अन्य तीन महानगर अरू दललाई छोड्न भनिएको हो।’

बैठकमा ११ उपमहानगरपालिका कहाँ कसले लिने भन्नेबारे पनि छलफल भएको थियो। तर आज कुनै निर्णयमा सत्तागठबन्धन पुगेको छैन। फेरि छलफल गर्ने गरी आज बैठक सकिएको छ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुन महानगर र उपमहानगर कसले लिने भन्नेबारे एक-दुई दिनमा सहमतिमा पुगिने पत्रकारहरूलाई बताए।

सत्तागठबन्धनका शीर्ष नेताहरू सहभागी आज बिहानको बैठकले सोमबारसम्म महानगर र उपमहानगरमा भागबन्डा गरिसक्ने सहमति गरेका थिए।

प्रतिकृया दिनुहोस्

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...