News Portal

नेपाली कांग्रसलाई काठमाडौंसहित तीन महानगर लिन गठबन्धनमा प्रस्ताव

हिमालीसंचार संवाददाता
२८५ पटक

काठमाडौं – नेपाली कांग्रेसलाई काठमाडौंसहित तीन महानगर लिन सत्तागठबन्धनका अन्य दलहरूले आग्रह गरेका छन्। छ महानगरमध्ये काठमाडौं, ललितपुर र विराटनगर महानगर लिएर अन्य तीन महानगर अरू पार्टीलाई छाड्न गठबन्धनभित्र प्रस्ताव गरिएको छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा आज बालुवाटारमा बसेको चुनावी तयारी तथा अनुगमन समितिको बैठकमा कुन महानगर कसले लिने भन्नेबारे छलफल भएको थियो।

बैठकमा पोखरा महानगर नेकपा एकीकृत समाजवादीले आफूहरूले पाउनुपर्ने माग गरेको छ। यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरमा आफूहरूलाई सघाउनुपर्ने माग गरेको छ।

यस्तै वीरगञ्ज महानगर जसपाले दाबी गरेको छ। तर, ‘कांग्रेसले सबै महानगरमा मेयर दाबी गरिरहेको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘कांग्रेसलाई तीन महानगर लिएर अन्य तीन महानगर अरू दललाई छोड्न भनिएको हो।’

बैठकमा ११ उपमहानगरपालिका कहाँ कसले लिने भन्नेबारे पनि छलफल भएको थियो। तर आज कुनै निर्णयमा सत्तागठबन्धन पुगेको छैन। फेरि छलफल गर्ने गरी आज बैठक सकिएको छ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुन महानगर र उपमहानगर कसले लिने भन्नेबारे एक-दुई दिनमा सहमतिमा पुगिने पत्रकारहरूलाई बताए।

सत्तागठबन्धनका शीर्ष नेताहरू सहभागी आज बिहानको बैठकले सोमबारसम्म महानगर र उपमहानगरमा भागबन्डा गरिसक्ने सहमति गरेका थिए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...