News Portal

संखुवासभामा पाँचदलीय गठबन्धन टुट्यो, कांग्रेस माओवादीवीच कलह

हिमालीसंचार संवाददाता
२६६ पटक

संखुवासभा – संखुवासभामा सत्ता साझेदार नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल नगर्ने निर्णय गरेको छ। स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र मिलेर जान अनिच्छुक देखिएपछि कांग्रेसले संखुवासभामा तालमेल नगर्ने निर्णय गरेको हो।

कांग्रेस संखुवासभाका सभापति दीपक खड्काले स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको विश्वासनीयता र चरित्रका कारण तालमेल नगर्ने निष्कर्षमा पुगिएको जानकारी दिए। उनले ४–५ दिनसम्म चुनावी तालमेलका लागि एकापसमा छलफल गरे पनि सहमति जुट्न नसकेको जानकारी दिए। 

हरेक दिन हरेक प्रकारको सहमति र छलफल गर्ने। अर्को दिन फेरि थपेर ल्याउन गर्न थाल्यो,’ जिल्ला सभापति खड्काले भने, ‘माओवादी केन्द्रको विश्वसनीयता र चरित्रका कारण तालमेल नहुने भयो।’ उनले शुक्रबार पनि चुनावी तालमेलका लागि दुई दलबीच भएको छलफल निष्कर्षमा नपुगेको बताए। 

‘आज पनि हामी सहमतिका लागि बसेको थियौँ। नहुने भएपछि तपाईंहरु आफ्नो ढंगले अघि बढ्नोस्। हामी आफ्नो ढंगले अघि बढ्छौँ भनेर उठ्यौँ,’ खड्काले भने। निर्वाचन मिति नजिकिदै जाँदा पनि माओवादी केन्द्रसँग गर्ने भनिएको तालमेलले अन्योल परेका कारण कांग्रेस आफ्नै बलमा अगाडि बढ्ने निष्कर्षमा पुगेको उनले बताए। 

सभापति खड्काले चुनावी तालमेलका लागि सत्ता गठबन्धनका माओवादी केन्द्रबाहेकका अन्य दलहरुसँग छलफल जारी रहेको बताए। ‘माओवादीबाहेकका अरु दुई दल (नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी) सँग छलपललमा छौँ,’ उनले भने, ‘सहमति नभए हामी एक्लै निर्वाचनमा जान्छौँ।’

तर उता माओवादी केन्द्रका केन्दीय सदस्य एवम् जिल्ला इन्चार्ज राजेन्द्र कार्कीले कांग्रेसभित्रको अन्तरविरोधका कारण गठबन्धनमा समस्या भएको बताए। कांग्रेसभित्रको आन्तरिक कलहका कारण शुक्रबार पनि सहमतिमा पुग्न नसकेको केन्द्रीय सदस्य कार्कीले बताएका छन्। 

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो। संखुवासभामा १० स्थानीय तह छन्। तीमध्ये कांग्रेसले दुई नगरसहित तीन गाउँपालिका र एमालेले एक नगरसहित दुई गाउँपालिका जितेको थियो।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...