News Portal

संखुवासभामा पाँचदलीय गठबन्धन टुट्यो, कांग्रेस माओवादीवीच कलह

हिमालीसंचार संवाददाता
३११ पटक

संखुवासभा – संखुवासभामा सत्ता साझेदार नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल नगर्ने निर्णय गरेको छ। स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र मिलेर जान अनिच्छुक देखिएपछि कांग्रेसले संखुवासभामा तालमेल नगर्ने निर्णय गरेको हो।

कांग्रेस संखुवासभाका सभापति दीपक खड्काले स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको विश्वासनीयता र चरित्रका कारण तालमेल नगर्ने निष्कर्षमा पुगिएको जानकारी दिए। उनले ४–५ दिनसम्म चुनावी तालमेलका लागि एकापसमा छलफल गरे पनि सहमति जुट्न नसकेको जानकारी दिए। 

हरेक दिन हरेक प्रकारको सहमति र छलफल गर्ने। अर्को दिन फेरि थपेर ल्याउन गर्न थाल्यो,’ जिल्ला सभापति खड्काले भने, ‘माओवादी केन्द्रको विश्वसनीयता र चरित्रका कारण तालमेल नहुने भयो।’ उनले शुक्रबार पनि चुनावी तालमेलका लागि दुई दलबीच भएको छलफल निष्कर्षमा नपुगेको बताए। 

‘आज पनि हामी सहमतिका लागि बसेको थियौँ। नहुने भएपछि तपाईंहरु आफ्नो ढंगले अघि बढ्नोस्। हामी आफ्नो ढंगले अघि बढ्छौँ भनेर उठ्यौँ,’ खड्काले भने। निर्वाचन मिति नजिकिदै जाँदा पनि माओवादी केन्द्रसँग गर्ने भनिएको तालमेलले अन्योल परेका कारण कांग्रेस आफ्नै बलमा अगाडि बढ्ने निष्कर्षमा पुगेको उनले बताए। 

सभापति खड्काले चुनावी तालमेलका लागि सत्ता गठबन्धनका माओवादी केन्द्रबाहेकका अन्य दलहरुसँग छलफल जारी रहेको बताए। ‘माओवादीबाहेकका अरु दुई दल (नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी) सँग छलपललमा छौँ,’ उनले भने, ‘सहमति नभए हामी एक्लै निर्वाचनमा जान्छौँ।’

तर उता माओवादी केन्द्रका केन्दीय सदस्य एवम् जिल्ला इन्चार्ज राजेन्द्र कार्कीले कांग्रेसभित्रको अन्तरविरोधका कारण गठबन्धनमा समस्या भएको बताए। कांग्रेसभित्रको आन्तरिक कलहका कारण शुक्रबार पनि सहमतिमा पुग्न नसकेको केन्द्रीय सदस्य कार्कीले बताएका छन्। 

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो। संखुवासभामा १० स्थानीय तह छन्। तीमध्ये कांग्रेसले दुई नगरसहित तीन गाउँपालिका र एमालेले एक नगरसहित दुई गाउँपालिका जितेको थियो।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...