News Portal

नेकपा एमालेले महाकुलुङ गाउँपालिकाको लागि भक्त राई सिफारिस

हिमालीसंचार संवाददाता
२४५ पटक

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका अध्यक्ष पदको उम्मेद्वारका लागि नेकपा एमालेले भक्त राईको नाम सर्वसहमत सिफारिस गरेको छ ।

कमिटीले पत्रकार पृष्ठभूमि रहेको राईको नाम सर्वसहमत सिफारिस गरेको हो । नेकपा एमालेले पालिका पदाधिकारीको टुंगो प्रदेश कमिटीबाट लगाउने मापदण्ड बनाएको छ ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा सत्तारुढ गठबन्धनले भने अझै उम्मेद्वार टुंग्याउन सकेको छैन। अघिल्लो पटक गाउँपालिका अध्यक्ष जितेका सागर किराँतीलाई फेरि उम्मेद्वार बनाउने नेकपा माओवादी केन्द्रको तयारी छ ।

नेपाली कांग्रेसले पनि पालिका अध्यक्षको दावी छोडेको छैन । नेपाली कांग्रेसमा भलाकाजी कुलुङ, पर्खिधन नाछिरिङ र सूर्य कुलुङको दावी रहेको छ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...